Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मारवाडी सेवा संघद्धारा भिम अस्पताललाई सेनिटाईजिङ्ग टनेल हस्तान्तरण

   
110   पटक पढिएको

अर्घाखाँची। मारवाडी सेवा संघ भैरहवा रुपन्देहीको सहयोगमा भीम अस्पतालमा सेनिटाइजिङ्ग टनेल सञ्चालनमा ल्याईएको छ । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा आउने विरामीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सेनिटाइजिङ्ग टनेल सञ्चालनमा आएको हो ।

मारवाडी सेवा संघ भैरहवाका अध्यक्ष हेमन्त अग्रवालका अनुसार देबेनरा मूदंडा परिवार, विराटनगरको सौजन्यमा उक्त टनेल भीम अस्पताललाई हस्तान्तरण गरिएको जानाकारी दिए ।सेनिटाइजिङ टनेलको एक कार्यक्रमका बीच प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले उद्घाटन गरे ।

उक्त अवसरमा बोल्दै सांसद पाण्डेयले मारवाडी सेवा संघ समाजमा आउने हरेक विपतलाई सहयोग गर्ने गरेको भन्दै खुलेर प्रशंसा गरे । उनले क्वारेन्टाइनको व्यवस्थापनमा सहयोगसँगै कोरोना विशेष अस्पतालको रुपमा स्थापित भीम अस्पतालमा सेनेटाइजिङ टनेल निर्माण गरेर उदाहरणीय कार्य गरेको बताए ।

भीम अस्पताललाई कोरोना विशेष अस्पतालका रुपमा सञ्चालनमा ल्याईएकाले यस अस्पतालमा आउने विरामी तथा कार्यरत स्वास्थ्य कर्मीहरुको स्वास्थ्यलाई ख्याल गर्दै काम गरेका हौं, उनले भने, अस्पताललाई हस्तान्तरण गरिएको टनेलमा नियमित रुपमा आवश्यक केमिकलको व्यवस्था संघले नै गर्नेछ ।

भिम अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. नविन दनार्लले सेनिटाईजिङ्ग टनेल बुझ्दै नोवेल कोरोनासँग सम्बन्धित विरामीलाई जाँच्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरुलाई थप हौसला प्रदान हुनेछ, उनले भने, मारवाडी सेवा संघले गरेको सहयोगप्रति धन्यवाद प्रकट गर्दछु ।

उनले विश्वलाई नै आतंकित बनाई रहेको कोरोनाका कारण स्वास्थ्य कर्मीलाई चाहिने स्वास्थ्य सामाग्रीको अभाव नहुनेमा विश्वाश व्यक्त गरे ।यस अघि भैरहवा क्षेत्रमा रहेका क्वारेन्टाइनमा निःशुल्क खाना खुवाइएको, जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पिउने पानी, मास्क तथा स्यानिटाइजर प्रदान गरिएको र सिद्धार्थनगर नगरपालिकाले स्थापना गरेको नगर स्तरीय कोरोना रोकथाम तथा उपचार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ संघले जम्मा गरेको उनले बताए ।

मानवताको सेवाको धारणाले संघले सामाजिक कार्यलाई निरन्तरता दिने उनले बताए । सेनिटाइजिङ टनेल हस्तान्तरण कार्यक्रममा समाजसेवी नारायण प्रसाद अग्रवाल, अरुण अग्रवाल, भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्याय, मारवाडी युवा मंच भैरहवाका अध्यक्ष मनोज अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया