Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मालारानी गाउँपालिकाको बिपत कोषमा १ करोड ११ लाख ७१ हजार संकलन

   
161   पटक पढिएको

सुर्य भुसाल सन्धिखर्क।
जेष्ठ ७ ,अर्घाखाँचीबुलेटिन -अर्घाखाँची जिल्ला को मालारानी गाउँपालिका को बिपत ब्यबस्थापन कोषमा हाल सम्म १ करोड ११ लाख ७१ हजार ५ सय छैसठ्ठी रुपैयाँ बिभिन्न निकाए तथा सहयोगी दाताहरु गाउपालिका बाट बिनियोजित बजेट बाट संकलन भएको गाउँपालिका का प्रमुख प्रसासकिय अधिकृत बिस्णु घर्ति भनभनेले जानकारी दिनु भयो ।

माहाबितका बेला सहयोग गर्ने सबै सहयोगी मनहरु लाई यस्तो उदारणिय कार्य गरेको भन्दै धन्यवाद दिदै बिपत कोषमा रकम सहयोग गर्न सम्पुण जिल्ला बासिलाई आग्रह गरिएको प्रमुख प्रसासकिय अधिकृत घर्तिले निकालेको धन्यवाद पत्रमा उल्लेख छ ।

त्यस्तै मालारानी गाउँपालिकाले अति बिपतमा परेका हरुका लागि राहात बितरण गर्नुको साथै बजार अनुगमन समेत गरेको प्रसासकिय अधिकृत घर्तिले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया