Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भारतका विभिन्न ठाउँ बाट आज सन्धिखर्क आइपुगेका ५३ जनालाइ क्वारेन्टाइनमा राखियो

   
805   पटक पढिएको

बसन्त श्रेष्ठ ,सन्धिखर्क।
जेठ ७ ,अर्घाखाँचीबुलेटिन - भारतको इन्दोर र मध्यप्रदेशबाट ५३ जना मानिसहरु आज सन्धिखर्क पुगेका छन्।

जसमा सन्धिखर्क नगरपालिकाका विभिन्न वडाका १८ जना र छत्रदेव गाउँपालिकाका ३५ जना गरि कुल ५३ जना ब्याक्तिहरु सन्धिखर्क आइपुगेका हुन् ।

सन्धिखर्कका १८ जना ब्याक्तिहरुलाई हटारी क्वारेन्टाइनमा राखिएको छ भने बाँकी ३५ जनालाई छत्रदेबमा पठाएको छ।गाउँपालिकामा भित्रीएका ३५ जना ब्याक्तिहरुलाई स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा राखिएको खबर प्राप्त भएको छ।

यो पनि पढ्नुहोस

छत्रदेव गाउँपालिकाले आगामी आ.व. २०७७/७८ को बजेट अधिवेशनको पुर्व सन्ध्यामा बजेट तयारीका विभिन्न चरणहरू मध्य तेस्रो चरणमा बजेट तथा कार्यक्रम योजना तर्जुमा समिति को वैठक समितिका संयोजक गाउँपालिका उपाध्यक्ष तुल्सादेवि श्रेष्ठ को संयोजकत्वमा गाउँपालिका कार्यालयमा सम्पन्न भएको छ प्रमुख प्रसासकिय अधिकृत खिमान्द भुसालले जानकारी दिनु भयो ।

स्थानिय सरकार सन्चालन ऐन २०७४ को दफा ६८ बमोजिम गाउपालिका का अध्यक्ष लेखनाथ पोख्रेल को बिशेष उपस्थितिमा बसेको उक्त वैठकमा समितिका सदस्यहरू गाउँपालिका बिभिन्न समितिका सयोजकहरु वडा नं. ६ का अध्यक्ष कमल पौडेल, वडा नं. ७ का अध्यक्ष शोभाखर पाण्डे, गाउँकार्यपालिका सदस्यहरू कमला अधिकारी, सुन्तली विश्वकर्मा, योजना शाखा प्रमुख सुनिल पन्थी, योजना शाखाका उपप्रमुख कृष्ण प्रसाद श्रेष्ठको उपस्थिति मा भएको वैठकको सहजिकर समितिका सदस्य सचिव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल ले गर्नुभएको थियो ।

आगामी आ.व. मा छत्रदेव गाउँपालिकाले करिब रू. ६१ करोड बराबरको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने गरी तयारी थालेको उक्त प्रमुख प्रसासकिय अधिकृत भुसालले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया