Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गुल्मीका कोरोना संक्रमित व्यक्तिको पुन पीसीआर परिक्षण गर्न कांग्रेस गुल्मीको माग : गलत सुचना प्रती आपत्ती

   
685   पटक पढिएको

मनु सुनार (मनसुन),गुल्मी । नेपाली कांग्रेस गुल्मीले जिल्लाको मदाने गाउँपालिका ६ पुर्कोटदहका कोरोना पोजेटिभ देखिएका व्यक्तिको पुन पीसीआर परिक्षण गर्न माग गरेको छ ।

बुधबार नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमति व्यक्तिको उपचारमा बिशेष ध्यान पुर्याउन माग समेत गरे ।

श्रेष्ठले भयावह प्रकोपको आशंकामा बिभिन्न स्थानमा बिरामीले उचित स्वास्थ्य सेवा नपाई मृत्युवरण गर्न परेकाले उपचाररत बिरामीको पुन पीसीआर परीक्षणका लागि जोडदार माग गरे ।

कोरोना भाइरस संक्रमित ४१ वर्षिय व्यक्तिको हाल रुपन्देहीको क्रिमसन अस्पतालको आईसियू कक्षमा भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ ।

तर अस्पतालको आधिकारिक विज्ञप्तिलाई वेवास्ता गर्दै कोभिड १९ को कारण बिरामीको मृत्यु भयो भनी तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र जिम्मेवार व्यक्तिहरुले सञ्चारमाध्यममा दिएको गैरजिम्मेवार तथा भ्रामक अभिव्यक्ति प्रति नेपाली काँग्रेस गुल्मीको गम्भिर ध्यानाकर्षण भएको सभापति श्रेष्ठले उल्लेख गरे ।

श्रेष्ठले सम्बन्धित निकायबाट बिरामीको मृत्यु भएको आधिकारिक पुष्टि नभएको अवस्थामा बिरामीलाई मृतक घोषणा गर्न हतार गर्ने मानविय मूल्यहीन र संवेदनहीन कार्य नगरी जवाफदेही बन्न सम्बन्धित पक्षलाई सुझाव समेत दिए । श्रोत गुल्मी न्युज 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया