Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४३४ पुग्यो

   
177   पटक पढिएको

काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसंगै संक्रमितको संख्या ४३४ पुगेको छ । नयाँ थपिएकाहरुमा झापामा ५ जना, सुनसरी र धनुकटामा थप एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज दिउँसो मात्रै २५ जनामा नयाँ संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस

सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ ।

बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याए पनि हवाई उडानबारे निर्णय गरेको थिएन । समितिको मंगलबार बसेको बैठक पनि विदेशमा समस्यामा परेका नागरिकहरुको उद्दारबारे छलफलका लागि बोलाइएको थियो ।

हवाई उडानबारे अन्तिममा मात्र निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया