Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले गर्‍यो ३ हजार लिटर घरेलु मदिरा नस्ट

   
1147   पटक पढिएको

प्रेमनारायण,आचार्य,सन्धिखर्क ।
जेष्ठ ८ ,अर्घाखाँचीबुलेटिन - सन्धिखर्क : जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अबैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ बरामद गरि नष्ट गरेको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर १ सन्धिखर्क र वडा नम्बर २ चुत्राबेसीका विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

जसअन्तर्गत बेच्न राखेको २६ सय लिटर तथा तयारी अवस्थामा रहेको करिव ३ सय ६५ लिटर घरेलु रक्सी र रक्सी बनाउन प्रयोग गरिएको भाँडा १२ सेट, कच्चा पदार्थ तथा तयारी रक्सी भण्डारण गरिएका ९४ ड्रम, गेलेन र अन्य प्लाष्टिकका भाँडा नियन्त्रणमा लिइ कुल २९ सय ६५ लिटर घरेलु मदिरा बनाउने कच्चापदार्थ र मदिरा नस्ट गरिएको प्रहरी नायव उपरिक्षक विष्टले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया