Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीमा जिल्ला देखि बाहिर बाट भित्रीनेको संख्या बढ्दो : हिजो र आज गरि झन्डै २ सय जना जिल्लामा भित्रीए (तस्विर -भिडियो सहित )

   
1705   पटक पढिएको

                                                                                                             तस्विर -मदन नेपाल /संजु पोख्रेल

कमला थापा ,सन्धिखर्क।
जेष्ठ ८,अर्घाखाँचीबुलेटिन - भारतका बिभिन्न राज्यबाट आज बिहान मात्र अर्घाखाँचीमा १ सय १४ जना नागरिकहरु भित्रीएका छन ।

बिश्वव्यापी रुपमा महामारी फैलाईरहेको (कोभिड -१९ ) कोरोना भाइरसको कारणले गर्दा लगाइएको लकडाउनका कारण उँहाहरु भारतका बिभिन्न स्थानमा अलपत्र अवस्थामा रहनुभएको थियो।

नेपाल भारतको सिमाना सुनौली सिमाना बाट हिज बेलुका करिब १०/११ बजेको समयमा ३ वटा डिलक्स बसले १ सय १२ जना अर्घाखाँचीका नागरिक र २ जना गुल्मीका नागरिकलाइ लिएर हिडेको थियो ,जसमा ८४ जना मालारानी गाउँपालिकाका नागरिकहरु रहेका छन्।

८५ जना मध्ये ४७ जनालाइ मालारानी ४ को लुटीपोखरीमा रहेको कालिका माध्यमिक बिधालयमा राखिएको छ भने अन्य ३८ जनालाई आदर्श माध्यमिक बिधालय खनदहको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभएको छ।

यसै गरि सन्धिखर्क नगरपालिकाका बिभिन्न वडाका गरि कुल १७ जना सन्धिखर्कमा भित्रीएका छन् भने छत्रदेव गाउँपालिकाका -७ जना भुमिकास्थान नगरपालिकाका २ जना र सितगंगा नगरपालिकाका २ जना रहेका छन्। नगर र गाउँपालिकामा भित्रीने सम्पूर्णलाइ स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा राखिएको खबर प्राप्त भएको छ।

यसै गरि हिजो मात्र भारतको इन्दोर र मध्यप्रदेशबाट गरि कुल ५३ जना मानिसहरु अर्घाखाँचीमा भित्रीएका थिए ।जसमा सन्धिखर्क नगरपालिकाका विभिन्न वडाका १८ जना र छत्रदेव गाउँपालिकाका ३५ जना गरि कुल ५३ जना ब्याक्तिहरु रहेका थिए ।

सन्धिखर्कका १८ जना ब्याक्तिहरुलाई हटारी क्वारेन्टाइनमा राखिएको छ भने बाँकी ३५ जनालाई छत्रदेबमा पठाएको छ।गाउँपालिकामा भित्रीएका ३५ जना ब्याक्तिहरुलाई स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा राखिएको खबर प्राप्त भएको छ।

नेपालमा दिनानु दिन कोरोना भाइरसले जनमानसमा झनै सन्त्रास फैलाइरहेको छ। कोरोना संक्रमितको संख्या भु'सको आगो जस्तै तिब्र रुपमा फैलिरहेको छ। यो समाचार तयार पार्ने समय तक नेपालमा ४४४ जनामा कोरोना संक्रमित भेटिएको छ भने ३ जनाले ज्यान गुमाएका छन्।

नेपालमा कोरोना भाइरसले झनै उग्र रुप लिंदै छ उता नेपाल भारतका सिमाना हरु झनै खुकुलो हुँदै गएका छन्। सिमा क्षेत्र खुकुलो भएको कारणले अर्घाखाँचीमा नागरिकहरु भित्रीनेको संख्या दिनानु दिन बढ्दो क्रम छ ,जिल्लावासीहरु त्रासित अवस्थामा रहेका छन्। आज फेरि २ वटा डिलक्स बस सुनौली सिमानामा रहेका जिल्लावासीलाइ ल्याउनको लागि सन्धिखर्क देखि छुटी सकेको मदन आचार्यले बुलेटिनलाइ जानकारी दिनुभएको छ।

जति पनि जिल्ला देखि बाहिर बाट आउने जिल्लावासीहरुलाइ स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा राख्न अर्घाखाँचीवासीले सम्बन्धित निकायलाइ अनुरोध गरेका छन्।तर जिल्लाका केहि स्थानीय निकायले जिल्ला देखि बाहिर बाट आउने नागरिकहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरि पठाइएको पाइएको छ ,यस प्रकारकालाहपर्बाहिलाइ जिल्लाबासीले चर्को आलोचना गरेका छन् भने कतै प्रसासन नै कम्जोर त् भएको हैन भनेर सामजिक संजालमा प्रश्न उठाउने गरेका छन्।

तसर्थ जिल्ला देखि बाहिर बाट आउने सम्पूर्ण नागरिकहरुलाई १४ दिन सम्म स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइन कक्षमा राखी उनीहरुको RDT र PCR स्वास्थ्य परिक्षण गरि घर पठाउन अर्घाखाँचीबुलेटिन परिवार सल्लाह सुझाब दिन चाहन्छौ ।

हेर्नुहोस भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया