Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सवारी साधन किन्न छुट्टाईएको रकम र बिभिन्न शिर्षक को रकम कोरोना कोषमा जम्मा गर्दै मालारानी गाउँपालिका

   
154   पटक पढिएको

सुर्य भुसाल ,सन्धिखर्क।
जेष्ठ ८ ,अर्घाखाँचीबुलेटिन -अर्घाखाँची जिल्ला को मालारानी गाउपालिका ले बिभिन्न शिर्षक को रकमलाई रकामान्तर गरि कोरोनाकोष मा जम्मा गरेको छ ।

गाउपालिका मा सबारि साधन खरिदका लागि बिनियोजन गरिएको झन्डै ३५ लाख तथा गोष्ठी सेमिनार का लागि छुट्टाईएको बिभिन्न शिर्षक को बजेट बिपत ब्यबस्थापन कोषमा जम्मा गरिएको प्रमुख प्रसासकिय अधिकृत बिस्नु घर्तिले जानकारी दिनु भयो ।

हाल सम्म १ करोड ११ लाख ७१ हजार ५ सय छैसठ्ठी रुपैयाँ बिभिन्न निकाए तथा सहयोगी दाताहरु गाउपालिका बाट बिनियोजित बजेट बाट सकलन भएको गाउपालिका का प्रमुख प्रसासकिय अधिकृत बिस्णु घर्ति भनभनेनि ले जानकारी दिनु भयो ।

माहाबितका बेला सहयोग गर्ने सबै सहयोगी मनहरु लाई यस्तो उदारणिय कार्य गरेको भन्दै धन्यवाद दिदै बिपत कोषमा रकम सहयोग गर्न सम्पुण जिल्ला बासिलाई आग्रह गरिएको प्रमुख प्रसासकिय अधिकृत घर्तिले निकालेको धन्यवाद पत्रमा उल्लेख छ ।

त्यस्तै मालारानी गाउपालिकाले अति बिपतमा परेका हरुका लागि राहात बितरण गर्नुको साथै बजार अनुगमन समेत भारतमा अलपत्र परेका ममालारानी बासिलाई गाउपालिका ले सवारी पठाई ल्याउने र क्वारेन्टाइन मा राख्ने काम भईरहेको प्रसासकिय अधिकृत घर्तिले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया