Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीको अर्घा -९ काभ्रेमा ७८ बर्षिया बृद्वाले गरिन झु'न्डिएर आ'त्मह'त्या

   
3325   पटक पढिएको

कमला थापा ,सन्धिखर्क।
जेष्ठ ८,अर्घाखाँचीबुलेटिन - जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -९ अर्घाको काभ्रेमा ७८ बर्षिया बृद्वाले झु'न्डिएर आ'त्मह'त्या गरेकी छिन।

बिगत केहि बर्ष यता देखि दम रोग बाट ग्रसित रहेकी अर्घाको काभ्रे निवासी गुनकला खत्रीले आज बिहान घर नजिकै रहेको अमिलाको बोटमा झु'न्डिएर आ'त्मह'त्या गरेकी हुन्।

गुनकला रातिमा सुत्दा जहीले आफ्नी नातिनी लाइ साथमा लिएर सुत्ने गरेको र हिजो म एक्लै सुत्छु भन्दै कोठा बन्द गरेर सुतेकी उनि बिहान उनका छोरा बुहारी उठेर कोठामा आमालाइ हेर्दा नदेखेपछि खोजतलास सुरु गरेका थिए।

खोजतलासको क्रममा मृतक गुनाकला खत्रीका छोराले घर नजिकैको अमिलाको बोटमा भुइमा लाइट , शिरमा जौं कुश र एक प्लेटमा सुनपानि समेत राखी साड़ी को साहयताले पा'सो लगाई झु'न्डिएको अवस्थामा फेला पारेको जानकारी आएको छ।

घटनाको खबर थाहा पाउन साथ् इलाका प्रहरी कार्यालय बिहारको टिम घटना स्थलमा पुगी मृतक खत्रीको शवलाइ पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पठाईएको र पोष्टमार्टम पछि उनको अन्तिम दाहसंस्कार गरिएको खबर प्राप्त भएको छ।

गुनकलाले ७८ बर्षको उमेरमा के कारणले आ'त्मह'त्या गरिन भन्ने बिषयमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेको जानकारी आएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया