Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतम आफै गाडी चलाएर नागरिकहरुको उद्वार कार्यमा

   
233   पटक पढिएको

माधब पौडेल ,पाणिनी।
जेष्ठ ९ ,अर्घाखाँचीबुलेटिन - पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतम ले आफै गाडी चलाएर पाणिनी का ७ जना लाई घुम्ती देखि उद्धार गर्नुभएको छ ।

अध्यक्ष ज्युको यस सहरानिय कार्य प्रति अर्घाखाँचीबुलेटिन परिवार हार्दिक धन्यवाद दिन चाहन्छौं । साथै आफ्नो ज्या'न को जोखिम नहेरी गरेको यस कार्य प्रसंसा गर्न योग्य रहेको जिल्लावासीले मुल्यांकन गरेका छन् ।

प्राप्त खबर अनुसार गाउँपालिकाको चालकले पाणिनीका नागिरकहरुलाई घुम्ती देखि लिन जान नमानेपछि स्वयं आफैले गाडी चलाई उद्वार गरि पालिकामा ल्याउन घुम्तीपुगेको अध्यक्ष गौतमले बताउनु भएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया