Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीमा आज मात्र भारत बाट ६० जना नागरिकहरु भित्रीए (सम्पूर्ण बिवरण सहित )

   
984   पटक पढिएको

मदन नेपाल ,सन्धिखर्क।
जेष्ठ ९ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँचीमा भारतका बिभिन्न स्थान बाट नागरिकहरु भित्रीनेको संख्या तिब्र रुपमा बढीरहेको छ।

आज भर्खरै मात्र नेपाल भारतको सिमाना सुनौली बाट लु १ ख. ७५१८ नम्बरको डिलक्स बसमा ४३ जना नागरिकहरु सन्धिखर्क पुगेका छन् भने कृष्ण नगर सिमाना बाट सितगङ्गा नगरपालिकामा १७ जना भित्रीएका छन्।

अलपत्र अवस्थामा नौतुना सिमानामा रहेका अर्घाखाँचीका ३६ जना र गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाका ७ जनालाइ उद्वार गरि जिल्लामा ल्याउनको लागि हिजो दिउँसो सुनौलिका लागि सन्धिखर्क बाट प्रस्थान गरेको लु १ ख. ७५१८ नम्बरको डिलक्स बस अहिले भर्खरै मात्र चुत्रावेसिको जनज्योति माध्यमिक बिधालयमा पुगेको हो।

४३ जना नागरिकहरु मध्ये २१ जना सन्धिखर्क नगरपालिकाका बिभिन्न वडाका रहेका छन् भने १५ जना मलारानी गाउँपालिकाका र ७ जना गुल्मी जिल्लाको धुर्कोटका रहेका छन्।

सन्धिखर्क पुगेका सम्पूर्ण ४३ जना नागरिकहरुलाई आ -आफ्नो नगर र गाउँपालिकामा पठाई स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा १४ दिन सम्म राखिने भएको छ।

यसै गरि पछिलो तिन दिन भित्रमा अर्घाखाँचीमा जिल्ला बाहिर बाट नागरिकहरु भित्रीनेको संख्या झन्डै ३ सयको हाराहारी रहेको छ। दैनिको जस्तो दर्जनौ नागरिकहरु जिल्लामा भित्रीदै गर्दा उनीहरुका आफन्तजनमा खुशीयाली छाएको छ भने अन्य जिल्लावासीहरुमा कोरोनाको झनै डर त्रास बढीरहेको छ।

प्राप्त खबर अनुसार भोलि पनि अर्घाखाँची देखि नेपाल भारतको सिमाना सुनौलिका लागि पुन : बस जाने र केहि बस हरु कृष्ण नगर सिमानामा पुगी सकेको खबर प्राप्त भएको छ ,साथै सितगङ्गा नगरपालिकाले आफ्ना नगरवासीहरुको उद्वार गरि ल्याइएका १७ जनालाई पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको संचारकर्मी झनक केसीले जानकारी दिनुभएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया