Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

प्रवासी नेपालीहरू घरफर्किने क्रम जारी

   
135   पटक पढिएको

हिम लेकाली,सन्धिखर्क।
जेठ ९,अर्घाखाँचीबुलेटिन - भारमा रहने नेपालीहरू स्थानीय सरकारकाे पहलमा धमाधम घर फर्किने क्रम जारि छ । काेराेना राेग काेभिड १९ महामारिका कारण बिदेशमा बस्न गार्हो परे पछि नेपालीहरू घर फर्किन थालेका हुन् ।

हिजाे सुनाैली नाकामा अलपत्र परेका अर्घाखाँची मालारानी गाउँ पालिका का ८५ जनालाई पालिका क्वारेन्टाइनमा ल्याई राखिएकाे छ । उनिहरूलाई सकेसम्म सुरक्षितपूर्वक जिल्लामा ल्याउन स्थानीय पालिकाहरू लागि परेका छन् ।

मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य आ ज बिहानै देखि सुनाैली बाेर्डरमा हुनुहुन्छ ,हिजाे पनि उहाँ कै विशेष पहलमा ८५ जना स्थानीयबासिहरूलाई गाउँ ल्याईएकाे हाे ।उनिहरू सबै पालिकाकाे क्वारेन्टाइनमा रहेका छन् । उहाँलाई एस अभियानमा सिद्धार्थनगर पालिकाका प्रमुख हरि अधिकारी र ३ नं. वडा अध्यक्ष थानिश्वर पाेख्रेलले बिषेश सहयाेग पुर्याएकाे बताउनु भएको छ ।। अध्यक्ष आचार्यले अर्घाखाँचीका सबै पालिकाका प्रवासिहरूलाई सम्बन्धित पालिकामा पुर्याउन पहल भैरहेकाे बताउनु भयाे ।

उहाँले आज सुनाैली बाट ४ वटा बसहरू अर्घाखाँची हिडिसकेका र ती वसमा दुई सय छ जना रहेका र २ वस भाेली सम्म आईपुग्ने बताउनु भयाे ,ती वसमा आउने ब्यक्तिहरू सबै गाउँ पालिका का रहेका छन् उहाँले भन्नू भयाे ।

यसै बिषयमा पाणिनि गाउँपालिकाका ४० जना रहेका र तिनिहरूलाइ स्थानीय क्वारेन्टाइन मा बस्ने वातावरण मिलाईएकाे पालिका अध्यक्ष अच्युत गाैतमले बताउनु भयाे । याे अभियान मा अर्घाखाँची बुलेटिनकाे टिम पनि सम्बन्धि ठाउँमा पुगेर अलपत्र हरूलाई सहयाेग गरेकाे बताईएकाे छ ।

यति बेला संक्रमणकाे जाेखिम बढिरहेकाे छ ,थुप्रै नेपालीहरू ढिलाे चाडाे स्वदेश फर्किदै छन् ,कतिपय नेपालीहरू काेरानाकाे कारण बिदेशमै मृत्युुवरण गरिसहकेका छन् ,कैयाैं नेपालीहरू लाई कम्पनीले महिनाै दिन देखि जागिर बाट नीकाेलेकाे छ ,उनिहरू आफ्नै खाना खाएर बन्द काेठामा बस्न विबस छन् ।

यसरी उनीहरूकाे याे कहालिलाग्दो दुखदायी पिडालाई सरकारले जति सकाे चाडाे सम्बाेधन गर्नु पर्दछ उनिहरूलाई स्वदेश ल्याउने ब्यवस्था गर्नुका साथै सुरक्षित पूर्वक अवतरण गर्ने प्रबन्ध मिलाउनु आवश्यक देखिन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया