Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

त्रिसन्ध्या बहुआयामिक एग्रो फार्म अर्घाखाँचीका संचालक राजेन्द्र जिसीको यो चमात्कारी : सबैको मनै लोभ्याउने यो तरकारी खेति ( तस्विर सहित )

   
742   पटक पढिएको

कमला थापा,सन्धिखर्क।
जेष्ठ १० ,अर्घाखाँचीबुलेटिन - नव त्रिसन्ध्या बहुआयामिक एग्रो फार्म संचालक समाज सेवी लोकपारखी राजेन्द्र जिसीले सन्धिखर्क नगरपालिका वडा नम्बर १० को माटे झिपुका भन्ने स्थानमा लाखौँको लगानीमा तरकारी व्यवासाय सुचारु गरेका छन्।

कृषि क्रान्तिका पौरखी सन्धिखर्क नगरपालिका वडा नम्बर -१० पोखेडाँडा निवासी राजेन्द्र जि.सीले सोहि नगरपालिकाको माटे झिपुका भन्ने स्थानमा १५ रोपनी जमिन आफ्नै नाममा खरिद गरि कृषि खेति शुरु गर्नु भएको हो।

टारीको खेत कतै आफुले सोचे जस्तो प्रतिफल पाइदैनकि भन्ने अनेकौ मनमा कुरा खेल्दा पनि कृषि पारखी राजेन्द्र जिसीले आफ्नो त्रिसन्ध्या बहुआयामिक एग्रो फार्म दर्ता गरि उक्त खेतमा डोजर चलाएर तरकारी खेतिको कार्य सुचारु गर्दा सम्म झन्डै १५ देखि २० लाख खर्च गरेको बताउनुहुन्छ।

अहिले त्रिसन्ध्या बहुआयामिक एग्रो फार्मले गोलभेंडा , काक्रो ,करेला ,लौका ,बन्दा गोबी ,डल्ले ,गुर्सानी ,चिप्ले भिंडी ,सिमि ,सिमला मिर्चा ,तयारि अवस्थामा उत्पादन गरेको संचालक राजेन्द्र जिसीले अर्घाखाँचीबुलेटिनलाइ जानकारी दिनु भएको छ । निकट भविष्यको लागि फुल गोबी पनि छिट्टै उत्पादन गर्ने उँहाले बताउनु भएको छ।

त्रिसन्ध्या बहुआयामिक एग्रो फारममा रहेका ६ वटा अस्थाई टनेलमा ६० देखि ७० क्वीन्टल गोलभेंडा उत्पादन गर्ने जिसीले बताउँदै उक्त फारममा रहेका १ सय झाल काँक्रा बोटमा ५० देखि ६० क्विन्टल काँक्रा उत्पादन गर्ने संचालक राजेन्द्रको लक्ष्य रहेको बताउनु भएको छ।

कृषि पारखी जिसी नेपाल लोकदोहोरि प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष समेत रहेका छन् ,उनले आफुले संचालन गर्दै आएका त्रिसन्ध्या बहुआयामिक एग्रो फार्ममा दैनिको जस्तो कुटे कोदालो गर्दा गितहरु गुनगुनाउँदै समय बिताउने उनले बताएका छन।

जिसी अर्घाखाँचीको सन्धिखर्क -१ मा रहेको एक मात्र ३ स्टार लेबलको साथि होटेल प्रालिका सन्चाल समेत हुन् ,उनको ब्याक्तिगत लक्ष्य आफुले संचालन गर्दै आइरहेको साथि होटेलमा आउने ग्रहाकहरुको चाहनालाई मध्यनजर राख्दै र ग्राहकहरुलाई आफ्नो त्रिसन्ध्या बहुआयामिक एग्रो फार्ममा उत्पादन गरेको अर्गानिक ताजा साग सब्जी खुवाउने हेतुले आफु कृषि क्रान्तिमा लागि परेको उंहाले बताउनु हुन्छ।

साथै यस लकडाउनको समयमा सन्धिखर्कको बजारमा त्रिसन्ध्या बहुआयामिक एग्रो फार्ममा उत्पादन भएका तरकारीहरु बिक्रि वितरण गरेको जिसीले बताउनुहुन्छ।

जिसीले संचालन गरेको त्रिसन्ध्या बहुआयामिक एग्रो फार्मको यस तरकारी खेतीको सफलता पछि बिदेसियाका सम्पूर्ण जिल्लावासी युवाहरुलाई कृषि खेति प्रति झनै आकर्षित बनेको छ।

उक्त त्रिसन्ध्या बहुआयामिक एग्रो फार्मलाइ कालान्तरमा एग्रो ट्रीजमको रुपमा बिकास गर्ने राजेन्द्र जिसीले बताउनु भयो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया