Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

शितगङ्गा नगरपालिका वाड न २ सितापुरमा ५० जनालाई क्वारेन्टाइनमा राखियो

   
105   पटक पढिएको

अर्घाखाँची जेठ,१० ।
शितगङ्गा नगरपालिका वाड न।२ सरस्वती माबीमा रहेको क्वारेन्टाइनमा भारतबाट आएका ५० जना लाई वाड् अध्यक्ष गोबर्धन थापा,जनप्रतिनिधि प्रशासन,स्वास्थ्यकर्मी,सन्चारकर्मि,बजारबाशी,अभिभावक, अभियानकर्ताको रोहरबरमा आज देखी १४ दिन अनिबार्य क्वारेन्टाइनमा बस्नु पर्ने भएको हुँदा उनिहरुलाई राखिएको छ।

५ जना बालबालिका समेत रहेका छन। पिसिआर चेक भैसकेपछि पनि घरमा फेरि १४ दिन होम क्वारेन्टाइनमै बस्नु पर्ने एदि कसैले नियम बिपरित गरि कसै मार्फत सुन्न आएमा कानुनी दायरामा ल्याउने सोहि वाडका अध्यक्ष गोबर्धन थापाले जानकारि दिएका छन ।

साथै भोलि भारतबाट आउने दाजुभाईलाई क्वारेन्टाइनको ब्यबस्थापन घुम्टिमा रहेको शान्ति आधारभुत बिद्यालयमा ब्यबस्था रहेको थापाले बताउनु भएको छ। यदि कसैलाई केही समस्या परेमा मेरो आफ्नै नम्बर ९८५७०६९४०२ कल गर्न थापाले अनुरोध समेत गरेका छन।

भिडियो सहित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया