Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भारत बाट आज मात्र ५७ जना नागरिकहरु अर्घाखाँचीमा भित्रिए (तस्विर -भिडियो सहित )

   
1274   पटक पढिएको

मदन नेपाल ,सन्धिखर्क।
जेष्ठ १० ,अर्घाखाँचीबुलेटिन - नेपाल भारतको सिमाना सुनौली र कृष्ण नगरमा रहेका ५७ जना नागरिकहरु आज अर्घाखाँची भित्रीएका छन।

अर्घाखाँची भित्रीएका ५७ जना मध्ये ३ जना सन्धिखर्क नगरपालिकाका रहेका छन् भने ५२ जना मलारानी गाउँपालिका र २ जना प्युठान जिल्लाका रहेका छन्।

हिजो मात्र अर्घाखाँचीका बिभिन्न नगरपालिका र गाउँपालिकामा गरि ४३ जना नागरिकहरु भित्रीएका थिए ,यसै संगै पछिलो ४ दिनमा झन्डै ४ सयको हाराहारीमा मानिसहरु जिल्लामा भित्रीएका छन्।

भारतको बिभिन्न स्थान बाट आई नेपाल भारतको सिमाना कृष्ण नगर र सुनौलीमा अलपत्र परेका जिल्लावासीहरुलाई आ-आफ्नो नगर र गाउँपालिकाले सिमा क्षेत्रदेखि अर्घाखाँचीसम्म यातायातको व्यवस्था गरि उद्वार गर्ने कार्यलाई तिब्र रुपमा अघाडी बढाएको छ।

मालारानी गाउँपालिकाले हिजो र आज गरि भित्रीएका ६१ जनाको समुहलाइ मालारानी ४ को किरण  माध्यमिक बिधालयमा राखिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया