Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीको बाँगी टारीमा अचेत अवस्थामा भेटिएका एक पुरुषको उपचारको क्रममा मृ'त्यु

   
1552   पटक पढिएको

केशब भुसाल ,सन्धिखर्क।
जेष्ठ १० ,अर्घाखाँचीबुलेटिन - सन्धिखर्क नगरपालिकाको बाँगी टारी भन्ने ठाउँमा एक जना पुरुष अचेत अवस्थामा भेटिएका छन्।

प्युठान जिल्लाको लुंक निवासी दलबहादुर पुन आज बेलुका करिव ७ बजेको समयमा अचेत अवस्थामा भेटिएका थिए। अचेत अवस्थामा भेटिएका पुनलाइ स्थानिय वासीले देखिसकेपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा खबर गरेका थिए। पुनको उमेर अन्दाजी ६२/ ६४ बर्ष रहेको प्रहरीले जनाएको छ।

एक पुरुष अचेत अवस्थामा रहेको खबर थाहा पाउन साथ् इलाका प्रहरी कार्यालय बिहारको टिम उक्त स्थानमा पुगी निज पुनको उद्वार गरि उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लागेका थिए। बिडम्बना दलबहादुर पुनलाइ डाक्टरहरुको चेकजाँच पछि मृत घोषणा गरिदिएका छन्।

घटनाको थप विवरण आउँन बाँकी रहेको र नेपाल प्रहरी द्वारा घटनाको अनुसन्धान गरिरहेको खबर प्राप्त भएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया