Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गुल्मी मदानेका मृतक शिक्षकको सम्पर्कमा आएका एक व्याक्तिमा कोराना संक्रमणको पुष्टि

   
993   पटक पढिएको

मधुसुधन पाण्डे,अर्घाखाँची।
जेष्ठ १०, अर्घाखाँचीबुलेटिन - गुल्मीमा थप १ जनामा कोराना संक्रमण पुष्टि भएको छ।जिल्लाको मदाने गाउँपालिका-६ का ३१ बर्षिय पुरुषमा आज कोराना संक्रमण पुष्टि भएको हो।शनिबार पाचजनाको पिसिआर रिपोर्ट आएको थियो जसमा ४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ भने १ जनामा पोजेटिभ आएको बताईएको छ।

रिपोर्ट आएका उनी भाडामा बस्दै आएको बुझिएको छ। मदानेका ४१ वर्षका शिक्षकमा जेठ ५ गते कोरोना पुष्टि भएपछि अर्को दिन जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले उनीसँग सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरेको थियो । जसमध्ये शुक्रबार २५ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

यसअघि मदाने गाउँपालिकाकै एक शिक्षकमा कोराना संक्रमण पुष्टि भई क्रिमसन अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया