Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सन्धिखर्क ९ अर्घामा भारत बाट आएका २९ जनालाई श्री अर्घा रजस्थल मा.बि.को क्वारेन्टाइनमा राखियो (विवरण सहित )

   
435   पटक पढिएको

बलराम रायमाझी ,अर्घा।
जेष्ठ १० ,अर्घाखाँचीबुलेटिन - सन्धिखर्क नगरपालिका वार्ड न.०९ अर्घामा अबस्थित श्री अर्घा रजस्थल मा.बि.मा निर्माण गरिएको क्वारेन्टाइन मा आज वैदेशिक रोजगारीको शिलशिलामा भारतको विभिन्न ठाउँमा रहेका नागरिकहरुको आगमन भएको छ।

सन्धिखर्क नगरपालिका वडा नम्बर : - ०९ अर्घा वार्ड कार्यालयको अगुवाईमा निर्माणाधिन क्वारेन्टाइनमा समाबिस्ट हुने महानुभाबहरुलाई वार्ड अध्यक्ष,सदस्य,स्थानीय क्रीयाशिल राजनैतिक दलका नेतागण,समाजसेवी,बुद्धिजीवी,शिक्षक,कर्मचारी,स्वास्थकर्मी,रास्ट्रसेबक नेपाल प्रहरी लगायतका महानुभाबहरुले निर्दिष्ट कोरोना रोग बिरुद्ध अपनाउनु पर्ने बिबिध सबधानिहरु हृदयगमन तथा आत्मसाथ गरि ( दुरि कायम गरि) स्वागत गर्दै क्वारेन्टाइन प्रबेश गराएको छ।

सो अबसरमा वार्ड अध्यक्ष श्री देबि बहादुर रायमाझीले वैदेशिक रोजगारी बाट कोरोना रोगको कारण बाट फिर्ती सबार महानुभाबहरु समक्ष भावनात्मक बिचारको आदान प्रदानको साथै बसाई लगयात अन्य ब्यबस्थापकिय पक्षमा आफू बाट हुन सक्ने कुनै पनि कुराको कमि हुन नदिने कुराको वचन बद्धता प्रकट गर्नु भएको थियो।

यसै गरि बिहार प्रहरी चौकी इन्चार्ज श्री भेषराज सुबेदीले कोरोना बिरुद्ध अपनाउनु पर्ने साबधानी सङै क्वारेन्टाइनमा समाबिस्टहरुले पालना गर्नु पर्ने नीति नियमहरुको बारेमा प्रकाश पार्नु भएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया