Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

शितगंगा नगरपालिकाकाे जम्बोटोलि भारतको सिमानामै पुगेर आफ्ना शितगङ्गेली नागरिकलाइ गर्‍यो उद्वार

   
256   पटक पढिएको

झनक केसी ,सितगंगा।
जेष्ठ १० ,अर्घाखाँचीबुलेटिन -शितगङ्गा नगरपालिकाले नेपाल भारत सिमानामा अलपत्र नागरिकलाई कृष्णनगर नाका र सुनौलि नाकामै पुगेर उद्वार गर्न सफल भएका छन।

नगर प्रमुख सुर्य प्रसाद, उपप्रमुख टीका रेस्मी साथै वाड न ६ का वाड अध्यक्ष ऋषि रेस्मी, वाड न ११ का वाड अध्यक्ष कपिल आले,साथै रेडियो शितगङ्गाका स्टेसन म्यानेजर अराज बेल्बासे सहितको टिम कृष्णनगर पुगेर उद्वार् गरेका छन।

आज मात्रै अनुमानित २०० जना भारतबाट आउने जनताहरु शितगङ्गा भित्रिएका छन। आउने क्रम जारी रहेको छ। ३ बस २ टिप्पर १ ट्रक र १ ट्याक्टरमा उद्वार गरिएको नगर प्रमुख सुर्य प्रसाद अधिकारी र उपप्रमुखले टिका रेस्मिले फोन मार्फत जानकारि दिएका छन।

नगर प्रमुख अधिकारी र उपप्रमुख रेस्मि सहितको जम्बो टिमले कृस्णनगरबाट स्कटिङ्ग सहित उद्वार गरेका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया