Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

दलितको नाम भजाएर आफ्नो रोटि सेक्नेहरु : बिष्णु भट्टराई

   
415   पटक पढिएको

बिष्णु भट्टराई ,सन्धिखर्क।
जेठ १५ ,अर्घाखाँचीबुलेटिन - दलितको नाम भजाएर सिर्फ राजनिति मात्र भएको छ दलितको उत्थान कतै भए जस्तो मलाई लाग्दैन । केहि दलित अगुवा र दलितको राजनिति गर्नेहरुको निश्चय नै आर्थिक बिकाश भएको छ आर्थिक छलांग लगाएका छन् दलितको नाम बेचेर ।

तर सिंगो दलित समाज हिँजको दिनमा भन्दा झनै नाज़ुक आर्थिक अबस्थामा छन् । भनौँ भने दलित मित्रहरुलाई अपाच्य जस्तो लाग्ला तर हाम्रै दलित समाज भित्र पनि एकआपसमा जातिय विभेद र छुवाछूतले जरा गाडेको छ ।

हाम्रै मित्रहरु दलित मुक्तिको कुरा छुवाछुत अन्त्यको कुरा समान हक अधिकारका कुरा र मिठा मिठा भाषण ठोकेर केहि टाठाबाठा दलित र गैरदलित समाजका अगुवाहरुले सरकारि तथा ग़ैर सरकारि संस्थाबाट ब्यक्तिगत रुपमा मोटै लाभ लिइरहेका छन् भने सामिजिक रुपमा त्यसको प्रभाब न्युन छ । खासमा दलित नेताहरु होउन वा दलित अगुवा उनिहरुलाई दलित भन्ने शब्द एउटा ब्राष्ड मात्र भएको छ जुन ब्राष्ड अन्तराष्ट्रीय बजारमा सजिलै बेचिँदैछ गरिबिनिबारणको नाममा वा अन्य अरुअरु मुद्दाहरुको नाममा किननहोस ।

यसबाट सिमित ब्यक्तिले ब्यक्तिगत लाभ अबस्य लिएका होलान तर सिंगो दलित समाजले केहि पाएको छैन । यदि साँच्चि नै गरिब दलितको उत्थानको लागि हुन्थे भने यि दलितको नाममा खोलिएका सम्पुर्ण संघसंस्थाहरु दलित भनेर जुन सामाजिक न्वारन गरिएका हाम्रा आफन्तजनहरु हाम्रा छिमेकिहरु छन ति गरिब हुने थिएनन । सम्पुर्ण दलित समाज सिपबिहिन कोहि छैन परम्परागत सिपमा निपुर्ण हुनुहुन्छ सम्पुर्ण वहाँहरु । खै त हामिले हाम्रो समाजले र दलितको राजनितिमा आफ्नो रोटी सेक्नेहरुले के गर्यो ?

वहाँहरुको सिपको बिकाशको लागि वहाँहरुलाई प्रोत्साहन उचित पारिश्रमिक र वहाँको सिपलाई आधुनिकीकरण गरेर सिंगो समाजलाई आत्मनिर्भर बनाउन सक्ने थियौं हामिले चाहेको भए । त्यति मात्र कहाँ हो र यदि हामिले साँच्चै वहाँहरुको सिप र क्षमताको उचित कदर र उचित पारिश्रमिक दिएर वहाँहरुको उत्पादनलाई हामि अन्तराष्ट्रीय बजार सम्म लग्न सफल हुन्छौं भने लाखौंको संख्यामा रोजगारीको साथै अर्बौं बिदेशि मुद्रा हाम्रो देशमा सजिलै भित्रिन सक्छ ।

जस्ले देशको आर्थिक मेरुदण्ड मज़बूत हुनजान्छ र यस्को प्रतक्ष्य वा अप्रतक्ष्य लाभ सिंगो देशबाशिले लिनेछन्। जब एकआपसमा आपशि सद्भाव र स्रद्धा बढ्दै जान्छ छुवाछुत पनि आफै समाप्त हुन्छ मेरो बिचारमा । सबैले निहित स्वार्थ त्यागौं हरेक अबसरलाई राजनितिक फाईदाको रुपमा नहेरौं । ब्यक्तिगत हैन गाउँ सिंगो समाज र देशको उत्थानको बारेमा सोचौं परिबर्तन अबस्य संभब छ ।

आरक्षणको लड्डु दुईचार जनाले खाएर सिंगो समाजको आर्थिक हैशियत र परिबर्तन संभब छैन पक्कै यो तपाईहरुलाई पनि हेक्का छ । तर सिपहरुको उचित ब्यबस्थापन उचित तालिम र उत्पादनलाई उचित बजार ब्यबस्थापन गरियो भने आर्थिक र सामाजिक रुपमा परिबर्तन अबस्य संभब छ । धेरै पढेर जागिर खाने मात्र हैन थोरै पढ़े पनि धेरै पढेकालाई जागिर दिने सपना बुनौं । यदि कोहि मित्र शुभचिन्तकहरुमा यो लेखले चित्त दुखेमा म क्षमापार्थि छु र सब्य रुपमा बहसको लागि तयार छु ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया