Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

प्रधानमन्त्री ज्यु ,खुट्टा नकमाउनुस जनता साथमा छ्न

   
272   पटक पढिएको

सुभाष ज्ञवाली।पछिल्लो समय कोरोना भाइरसलाई समेत पछि पार्दै सिमा विवादको चर्चा चुलिएको छ । सामाजिक सन्जाल देखि लिएर सन्चार माध्यमहरुमा सिमा विवादको बारेमा कम बहस भएको हो कि भनेर प्रक्षेपण गरिएको अवस्थामा केहि सन्चार माध्यमहरुले यसलाई बहसको विषय बनाइरहेका छ्न।यो समयमा हरेक नागरिक ,सन्चारकर्मी ,नागरिक समाज ,सामाजिक अभियान्ताहरु एकजुट भएर सिमाको पक्षमा उभिनुपर्ने अवस्था सिर्जना भएको छ । केहि समय अगाडि म एक नातेदारको घरमा कामको सिलसिलामा पुग्दा त्यो परिवार भित्रको कलह बुझ्ने क्रममा आफ्नो बुबाले लगाइ दिएको सम्पती बाडफाडमा चित्त नबुझेको कारण एकले अर्कालाई साद मिचेको निहुमा दुई भाइको लामो समयदेखी सम्बन्ध नरहेको कुरा बुझे । एउटा सामान्री घरमा त सादको विषयमा यति ठुलो समस्या उत्पन्न हुन्छ भने राज्यको सिमा मिचिदा कुन चाही असल नागरिकको मन चसक्क नहोला र ?

यो समय अन्य विषयलाई थाती राख्दै रास्तृय एकताको पक्षमा उभिनु हरेक नागरिकको दायित्व रहन्छ ।एकतर्फबाट हेर्दा भारतले नाकाबन्दीले हामीलाई क्षणिक /अल्पकालीन रुपमा केहि समस्या देखिएतापनि दीर्घकालीन रुपमा आम नेपाली नागरिक आत्मनिर्भर भइ देश समृद्धितर्फ अगाडि बढनेछ ।प्रेम दिवस मनाउदै गर्दा यसको लागी आवश्यक पर्ने भनिएका करिव २करोड भन्दा बढीका फुलहरु भित्राएर प्रेम दिवस मनाउने युवा पुस्ताहरुले खोक्रो रास्ट्रबादको नारा लगाएर मात्रै देश समृद्धि उन्मुख देखिदैन ।

अहिले हामी एक छाक नै खाएर भएपनि रास्ट्रयताको लागी लडनुपर्ने समय आएको छ ।भारतिय सङ्ग वारपारको लडाइँ लडनुपर्ने अवस्था सिर्जित भएको छ ।यदि राज्यले खुट्टा नकमाइकन सिमामा तारवार लगाउने अभियान सन्चालन गर्ने हो भने हरेक नेपालिले आफ्नो छाक काटेर राज्यलाई सहयोग गर्न तयार छ्न ।सिमाको विषयमा लडाइँ गर्दा हाम्रो पुस्ताले क्षणिक दुख पाएपनि भावी पुस्ताले गर्वका साथ आफ्नो देशप्रतिको माया दर्साउनेछ्न ।

सरकारले हालचालैमात्र मिचिएको भु -भाग सहितको जमिन समेटेर नयाँ नक्सा सार्वजनिक गर्दा त राज्यप्रती जन्ताको यति धेरै उल्लास छ भने साच्चिकै सिमा फर्काउने अभियानमा खुट्टा नकमाइ लाग्ने हो भने नेपाली नागरिकहरु आफ्नो ज्यान आहुती गर्न समेत पछि पर्ने छैनन् ।

हालचालै बलिउड सुपरस्टार मनिषा कोइरालाले लेखेको एक टुइटले भारतिय सन्चार माध्यम र भारतलाई नै ठुलो धक्का दिएको अनुभुति भएको छ भने साच्चिकै ३ करोड नेपालीको एउटेेेे स्वर निस्किने हो भने भारतमा राजनितीक हिसाबले कति रेक्टरको भुकम्प जाने हो अनुमान गर्न सकिदैन ।भारतीय दैनिक उपभोग्य सामग्री ,भारतिय च्यानल र हिन्दी फिल्म बहिष्कार गर्दै देशलाई समृद्धिको गतितर्फ अघि बढाउनु आजको आवश्यकता हो ।

नेपालमै उत्पादन भएको तरकारी ,फलफूल तथा अन्नबालिले उपर्युक्त बजार नपाउनु तर दैनिक लाखौं रुपियाको सामान आपूर्ति हुनु हरेक नेपालीको लागि लज्जास्पद कुरा हो साथै यस्तो जालो तोडन नसक्नु सरकारी निकायको गैर जिम्मेवारिपन हो । केही बिचौलियाहरुको दबाबमा नपरी ,राज्यले खुट्टा नकमाइ आफ्ना गतिविधिहरु सन्चालन गर्ने तथा स्थानिय उत्पादनलाई ब्यबस्थित गर्ने हो भने अवको केही समयमै देश आत्मनिर्भर बन्ने छ ।

पुर्ब बिशिस्ट तथा अहिलेका राजनीतिक ब्यक्तित्वहरुको लागि प्रयोग गरिएका सुरक्षाकर्मिहरु अत्यधिक रुपमा कटौती गरेर सिमा सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मिहरु खटाउनु आजको आवश्यकता हो । दैनिक रोजिरोटिको लागि छिमेकी रास्ट्र भारत जानुपर्ने नेपालीहरुको लागि आफ्नै देशमा बसेर काम गर्ने तथा आर्थिक उपार्जन गर्ने ब्यबस्था मिलाउने हो भने अबको एक बर्षमा हाम्रो देश आत्मनिर्भर बनी उत्पादित बस्तुहरु निर्यात गर्नेतर्फ उन्मुख हुनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया