Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कहिले प्रदुषण ले ज्या'न जाने डर भयो हाम्रो त कहिले कोरोनाले जता जान्छु केही पनि खबर छैन राम्रो

   
427   पटक पढिएको

सुस्मिता भट्टराई , सन्धिखर्क।
जेठ १७,अर्घाखाँचीबुलेटिन -

कहिले प्रदुषण ले ज्या'न जाने डर भयो हाम्रो

त कहिले कोरोनाले जता जान्छु केही पनि खबर छैन राम्रो

हे मानव अझै कति गर्छौ लापरवाही

कोरोनाले सबै को लाने भो अब जिन्दगी

 

अझै पनि हामी मास्क नलगाइ भिडभाडमा जान्छौ है

कति भगवानलाई मात्र दोस दिन्छौ हामिलाइ अकालमा लान्छौ भनि

हे मानव होइन भगवानले अकाल्मै हामिलाइ लगेको

अझै कति नजरअन्दाज गर्छौ हामिले हामिले आफै लापरवाही गरेको

 

कति हाम्रै आफन्तकै ज्यान लग्यो रे अब हामी त बाच्न खोजौ

मृत्यु नभै कोरोना हटाइ हाम्रो आफ्नो राम्रो जीवन रोजौ

कसैसग भेट्न् जादा एक मिटर बाट कुरा गरौ

हात मिलाउन नगै टाढैबाट नमस्ते भनौ

 

बाहिर बाट घर आउँदा पहिले नुहाएर सफा बनौ

धोएको लुगा लगाएर बल्ल घर भित्र पसौ

यो लकडाउन पनि हाम्रै लागि हो है राम्रो सग नियम मानौ

लकडाउनको नियम तोड्ने काम कसैले नगरौ

 

कति आफन्त त मरे यहि कोरोना बाट संक्रमीत भएर

अब हामी बाच्नुपर्छ यस बाट सुरक्षा अपनाएर

बिदेश बाट भर्खर आएका हरु सबै जना

आइसोलेसनमा बसौ आफ्नै लागि हो भन्या

 

यदि केही कोरोनाको लक्ष्यन देखा परे

डाक्टर संग परामर्श गरौ है नडराइ

जानी जानी लापरबाही गरेर हाम्ले के नै पाइन्छ र

आफ्नै ज्यानलाइ सत्रु त हाम्ले किन बनाइन्छ र

 

रुख बिरुवा त सबै हामीले फडानि गरेर सकिसक्यूउ

लपार्बाही ले ज्यान कति लग्छ भन्ने त हामी सब्ले देखि सक्यूउ

के के सम्म गरेनौ हामिले जीवन राम्रो बनाउन कै लागि

आखिर कोरोना आइदियो हाम्रै जीवन लग्न भनी

 

कोरोना कोरोना जता जान्छु कोरोना

टिभी अनि रेडियो ले भन्या बिस्व कै सत्रु बन्यो रे कोरोना

एक पछि अर्को गर्दै लाखौलाइ मार्ने भयो

ती साना बालक को के दोस हजुर तर उस्ले सबै लयो

 

न त साना ठुला भन्यो न त गरिब धनी नै

सबै तिर सुन्या मैले यस्ले त बिनास पार्दै छ रे बिस्व भरी नै

 

कोरोना रोकौ कोरोना रोकौ कोरोना रोकौ

संसार बाट कोरोना लाई उन्मुलन गरौ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया