Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कृषकको श्रमलाई सम्मान गरौँ : आरबी खड्का

   
342   पटक पढिएको

अर्घाखाँची ,जेठ १८। हाम्रो देशको समृद्धिको मुख्य आधार भनेकै कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकास हो । नेपालीलाई रोजगारी र आम्दानी दिने हाम्रा मौलिक क्षेत्र पनि यिनै हुन् ।

भारतमा सरकारले किसानलाई पहिले पैसा दिन्छ वा भुक्तानी गर्छ । अनि मात्र उखु काटेर किसानले बिक्री गर्ने गर्छन् । त्यहाँको किसान अहिले गदगद छन् । उत्तर प्रदेशमा किसानको उखुको भाउ सरकारले बढायो ।

किसानको बाली समयमा किन्ने, भुक्तानी पनि दिने कति राम्रो नीति ल्याएको छ । तर हाम्रो देशमा एक त कृषकलाई उखु खेती गर्न अप्ठ्यारो हुन्छ । त्यसमा पनि मुल्य बढाऊ, समयमा मूल्य पाएन, उखु सुक्यो जस्ता विभिन्न कुराको समस्याले जहिले पनि चिनी कारखाना र किसानबीच विवादै हुन्छ । किसान र् मालिक बीच मुद्दा सम्म चलेको छन।

अर्घाखाँची जिल्लाका स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने र आयातित उत्पादनलाई निरुत्साहित गर्ने निति अबलम्बन गरौं। जिल्लास्थित कृषि ब्यापारी, कृषि उपज धेरै खपत हुने होटल, सरकारी कार्यालयहरु, उपभोक्ता समिती तथा सहकारीहरुसँग छलफल गरी स्थानिय उत्पादनको बजारीकरण तथा उपभोग गरी बजारीकरणमा सहयोग गर्न अनुरोध गरौ! यो बन्दाबन्दीलाई विवेकपूर्ण ढंगले प्रयोग गरौं ।

ज्यादै नअतालिऔं । तर, सचेत, सजग र संयमित भएर कोरोना महामारीको सामना गरौं । विदेशमा रहेका नेपालीलाई पनि सम्झिऔं, होसियारीपूर्वक व्यवहार पनि चलाउँदै जाऔं ।एशियाको सबै भन्दा ठुलो सब्जी मंडी दिल्ली आजादपुर मंडीमा १५ जना व्यापारीलाई कोरोना पॉजिटिव थियो।

भारतीय प्रशासनले कोरोना भएका ब्यक्तिलाई क्वारेन्टाइनमा लिएर उपचार गर्न थालेको थियो। तर किसानले मेहनत गरेका सागसब्जि फलफूलहरू बिक्री वितरण गर्न रोक लगाइएको थिएन। प्रशासन लगाएर सार्वजनिक स्थलमा सब्जी नष्ट पनि गरेको थिएन।

अर्घाखाँचीमा सब्जि कारोवारी लाई जाँचबुझ सोधपुछ नगरी कपिलबस्तुबाट झन्डै आधा दर्जन पुलिस चौकीबाट चेकजाँच नगरी पठाउने जिल्लामा सब्जीवाला गाड़ी कसरी जिल्ला पुग्यो कमजोरी कसको थियो ?

किसानले कडा मेहनतले उत्पादन गरेका सागसब्जी जिल्ला प्रशासनले सार्वजनिक स्थलमा नष्ट गर्ने अधिकार छैन! यो अन्यायपूर्ण छ! यो घटना प्रति घोर निंदा गर्दै पीड़ितलाई क्षतिपूर्ति माग गर्दछु !

किसानहरुलाई भोट वैकका रुपमा विकसित गर्ने र कृषि क्षेत्रको विकासमा ध्यान नदिने राजनीतिक बर्ग, प्रशासक बर्गहरुका कारणले नै गर्दा मुलुक कृषि प्रधानदेशबाट किसान प्रधानदेश तर्फ उन्मूख भएका्े हो भन्दा नै अत्यूक्ति होला ।

त्यसैले पनि सरकारमा जानेहरुले कृषि पेशामा संलग्न हुनेहरुका लागि पेशाको ग्यारेण्टी सहितको योजनाहरु ल्याउन सके मुलुकको आर्थिक मेरुदण्डको विकास मात्र होइन खाद्य संकटबाट पनि मुलुकलाई बचाउन सकिन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया