Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

राजमोले गर्‍यो संघियता खारेजिका लागि संविधान संशोधन प्रस्ताव दर्ता

   
265   पटक पढिएको

बिजय खनाल ,मालारानी ।
जेष्ठ २२,अर्घाखाँची बुलेटिन -नेपाल सरकार , रास्ट्रिय जनता पार्टी , समाजवादी पार्टी र नेपाली काङ्ग्रेसले आ-आफ्नो विधेयक सहित संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि रास्ट्रिय जनमोर्चाले पनि बुधबार संघीयता खारेजिका लागि भन्दै संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको छ ।

संघियता देशले धान्न नसक्ने भएकाले संघ तथा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन सकिने भन्दै संविधान संशोधनद्वारा संघियता खारेज गरि स्थानीय स्वायत्त शासन प्रणाली अपनाउन सकिने विकल्प सहित सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको रास्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के सि ले बताउनुभएको छ ।

संघियता खारेजिको प्रस्ताव लिएर अध्यक्ष चित्र बहादुर के सि र उपाध्यक्ष दुर्गा पौडेल लगाएतका नेताहरू मंगलवार नै संसद सचिवालय पुगेको भएपनि उक्त प्रस्ताव बुधबार मात्रै दर्ता भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया