Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

बजार खुल्यो, सामान्य बन्दै तम्घास

   
239   पटक पढिएको

दिपेन्द्र खत्री,गुल्मी ।
ज्येष्ठ २७ ,अर्घाखाँचीबुलेटिन - प्रदेश ५ को पहाडी जिल्ला मध्य गुल्मी पनि एक हाे।गुल्मीको सदरमुकाम तम्घास पनि सामान्यतर्फ उन्मुख बन्दै गएको छ । यहाँका प्रायः सबै पसल खुलेका छन् । मोटरसाइकल चल्नु सामान्य भइसकेको छ भने चार पांग्रे सवारीसाधन पनि सामान्य चल्न थालेका छन् ।

विश्व भर महामारी को रूप मा फैलिरहेको कोरोना भाइरस को कारण नेपाल पनि अछुतो हुन सकेन ।विश्ववका शक्तिशाली राष्ट्रहरु बेलायत, इटली, रुस, स्पेन अमेरिकालाई कोरोना नियन्त्रण र उपचार गर्न सकस भैरहेको छ।कोरोना संक्रमण फैलिन नदिन लगाइएको लकडाउन विस्तारै खुकुलो बन्दै गएको छ।

यहाँ सामान्य रुपमा हरेक प्रकारका व्यापार, व्यवसाय शुरु भएको छ ।मंगलबार तम्घास बजारका अधिकांस पसल निर्वाध संचालन भएको पाइयो भने मोटरसाइकल, र चार पांग्रे जीपहरु चलेका छन।

यहाँका अधिकांश बैंकमा अत्यधिक भिड देखियो तम्घासकाे भानु चोक, मिलन चाेक, सहिद चाेक, अर्घाखाँची जिप पार्क सहितका ठाउँमा मंगलबार उल्लेख्य भिड देखापरेको छ । भिड देखिएका ठाउँहरुमा कुनै किसिमको सामाजीक दुरी कायम गरे जस्तो देखीएकाे छैन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया