Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अन्तर्राष्ट्रिय नेपाली एकता समाज भन्छः विदेशबाट नागरिक ल्याउँदा आम्दानी गर्ने खेल नगर, समस्या हेर (प्रेस वक्तव्य सहित )

   
209   पटक पढिएको

अर्घाखाँचीबुलेटिन। अन्तर्राष्ट्रिय नेपाली एकता समाजले विदेशबाट नेपालीलाई ल्याउँदा सरकारले साविक भन्दा बढी भाडा तोकेको भन्दै आक्रोश व्यक्त गरेको छ ।

शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी अन्तर्राष्ट्रिय नेपाली एकता समाजले विदेशमा विभिन्न कारणले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन प्राथमिकता दिन पनि सरकारसँग आग्रह गरेको छ ।

अध्यक्ष दुर्गाबहादुर केसीले प्रेसित गर्नुभएको वक्तव्यमा ढिलै भए पनि नेपाल सरकारले विदेशस्थित नेपाली नागरिकलाई फिर्ता ल्याउने निर्णय गरेकोमा स्वागत गर्दै जहाजभाडा एकतर्फी प्रचलित दररेटअनुसार कायम गर्न माग गर्नुभएको छ ।

यस्तै, विमारी, लामो समयदेखि नोकरी छुटेर वा सम्बन्धित देशको कानुनअनुसार अवैधानिक भई अलपत्र परेका नेपालीलाई वैदेशिक रोजगार कल्याणकारी कोष वा सरकारको अन्य श्रोतबाट निःशुल्क स्वदेश फिर्ता ल्याउन र नेपाल फर्काउनुपूर्व पिसिआर टेस्टको प्रावधानलाई कडाइपूर्वक लागु गर्न पनि एकता समाजले आग्रह गरेको छ।

प्रेस वक्तव्य

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया