Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

हेमलालको कोरोनालाई पत्र, तिमिले सबैको नाडी छामिसक्यौ अब त फर्क तिम्रो घर

   
132   पटक पढिएको

सन्धिखर्क ,असार १०। प्रिय कोरोना ,तिमीले संसारका सबै देश भ्रमण गरिसक्यौ ।सबैको नाडी छामीसक्यौ ,अब त तिम्रो यात्रा छोंट्याईदेउ न ।किन कि अब त मान्छेले भुलेको परिवार सम्झियो,आफ्नो हैसियत सम्झियो ,आफ्नो जन्म थलो सम्झियो ,जन्म देश सम्झियो ।

प्रिय कोरोना तिमीलाई पनि आफ्नो घर फर्किन मन लागे होला ,फ़र्क ; फर्केर पनि कसैलाई थप सजायँ नदेउ ,पुग्यो सताब्दी सम्मलाई ।हरेक पल तिम्रयाद आउँने छ ,तिमी संसारका मानव जातीको मनमा अजर र अमर बनेर बसिसक्यौ । प्रिय कोरोना ,तिमीले मानव सम्बन्ध सिकायौ ,भातृत्व सिकायौ ,मातृत्व सिकायौ ,पितृत्व सिकायौ ।साथी संगी सबैसंग बोल्न सिकायौ,रम्न सिकायौ ।अब त तिम्रो नाममा धेरै थरिका स्कूल हरू खुली सके मान्छेको मन मस्तिष्कमा ।

प्रिय कोरोना ,तिमीले के ठूलो के सानो सबैलाई बराबर देख्यौ ,अझै पहिले ठूलाबाट शुरूगर्यौ ,अनि सानामा सर्यौं ।तिम्रो समानता बाट सांच्चिकै मान्छेले सिक्ने हो भने त वर्ग बिहिन समाज सिर्जना हुनुपर्ने हो ।तर खोई त्यस्तो के होला र ?भयो भने त पृथ्वीका मानव जातीको राम्रै कल्याण हुने थियो ।तिमीले बिश्व मानवलाई परिक्षा केन्द्रमा उतार्यौ ,उत्तीर्ण -अनुत्तीर्ण के हुन्छ हेर्नै बाँकी छ ,त्यसैले पर्ख र हेर ल । प्रिय कोरोना ,तिमी त गरिवका लागि तगारो बन्यौ ,भ्रष्टहरूका लागि आसिरबाद बन्यौ ।मध्यम बर्गका लागि बिश्राम बन्यौ ।शाशकहरूका लागि चुनौती बन्यौ ,शक्ति केन्द्रका लागि गलपास बन्यौ ।

दोषै दोषको श्रृंखला बन्यौ ।तिम्रो न्वारनको नाम परिबर्तन गर्न धेरै पटक कोशिस गरे ,तर सकेनन् ,त्यसैले तिम्रो नामका अगाडी सबै नतमस्तक बन्नै पर्यो । प्रिय कोरोना ,तिमीले कति जोडीलाई छुटायौ ,कतिलाई पारपाचुके बनायौ,कति प्रेमिल जोडीलाई तिमीले अलग्यायौ ,यौन पिपाशुहरूलाई तर्सायौ त कतिलाई क्वारेन्टाईन भित्र सामुहिक बलात्कार गर्दा पनि सजायँ दिन सकिनौ ।सकेको भए तिमीले धेरै यौन हिसां गर्ने नरपशुलाई सुधार्ने थियौ ।

अझै पनि सक्छ्यौ भने त्यस्तालाई तड्पाई तड्पाई त्यो संबेदनशिल अंगमा प्रवेश गरेर त्यो अंगमात्रै खसालीदेउ । प्रिय कोरोना, तिमीले मानिसको जीवन शैली परिवर्तन गराई दियौ ,लेखकलाई लेख्न सिकायौ ,गायकलाई रियाज़ गर्न सिकायौ ,कवि साहित्यकार लाई नयाँ सिर्जना गर्न सिकायौ ,प्रबिधिको उच्च प्रयोग गर्न सिकायौ ,बिचार बिमर्श गर्न संसार भरिका मान्छेलाई एउटै भर्चुअल मन्चमा आसिन गरायौ ।बिद्याथी ,शिक्षकलाई शिक्षा आदान प्रदान गर्ने नयाँ कला सिकायौ ।प्रिय कोरोना ,कैयौंलाई जीवन जीउन सिकायौ ,जीवनको महत्व बुझायौ,बाँच्नुको सार्थकता सिकायौ त कसै कसैलाई कायरता पनि सिकायौ ।सक्छ्यौ भने मान्छेलाई बाँच्न सिकाउ ,जीवन बुझ्न सिकाउ ,दार्शनिकलाई जीवन दर्शन सिकाउ ,कायरता कदापी नसिकाउ ।

प्रिय कोरोना,तिम्रो चर्चा जति त सायद यो पृथ्वीमा कसैको पनि चलेको छैन होला ।सडकमा कोरोना ,सदनमा कोरोना,बहसमा कोरोना,बिपनामा कोरोना ,सपनामा कोरोना ,मान्छेको मन मस्तिष्कमा कोरोना ,अंग प्रत्यंगमा कोरोना ।अझै ज्वरोमा कोरोना ,रूघा खोकिमा कोरोना ,दममा कोरोना,मुटु ,फोक्सोका रोगमा कोरोना ,अरूनै बिमारले हस्पिटल गएको भए पनि मर्ने बेलामा तिमी देखियौ भने त्यो पनि कोरोना ।बच्चालाई कोरोना ,बयस्क,युवा ,बृद्ध महिला पुरूष सबैलाई कोरोना ;कति हो कति चर्चा तिम्रो ।त्यस्तै साबुनमा कोरोना ,अल्कोहलमा कोरोना,मास्कमा कोरोना ,जडिबुटीमा कोरोना,खानामा कोरोना ,यस्तै यस्तै अनेक बिषयमा तिम्रै चर्चा ।त्यसैले त तिमी नै अहिले सम्मकै सबैभन्दा बढि चर्चित भयौ ,छ्यौ र सायद रहने छ्यौ ।

प्रिय कोरोना ,अब फर्क जाउ आराम गर ।तिमीलाई कहिले साबुन पानीले ,कहिले अल्कोहलले मार्न मानव जाती लागिरहेछ ,तिमी शयर गर्ने बाटो रोक्न मुख बन्द गरिरहेछ ,त्यतीले पनि तिमीले टेरिनौ भनेर संसारका झण्डै असी राष्ट्रका डाक्टरहरू तिम्रो नासगर्न लागिपरेका छन् ।त्यतीबेला तिमीलाई धेरै पिडा हुनेछ ।त्यसैले उनीहरू आउनु पूर्व नै गएर सबैलाई असफल पारिदेउ र मान्छेको खस्केको मानसिकता उठाईदेउ ।अझै महत्वपूर्ण कुरा त तिम्रो बहानामा भए गरेका चर्चा परिचर्चा र बिकाशे योजनालाई लागूगर्न देउ ।बाईबाई कोरोना ,सि यु ,टेक केयर ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया