Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

चट्याङ् लागेर सप्तरीमा ४ जनाको मृत्यु

   
87   पटक पढिएको

काठमाडौँ। बिहीबार बिहान वर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको हो ।

सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

भारतीका अनुसार चट्याङ् लागेर ज्यान गुमाउनेहरुमा ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव, ३० वर्षीया ललितादेबी यादव र ४६ वर्षीय केसी साह रहेको छन् ।

‘बिहानै सप्तकोशी नदीमा नुहाउन गएका बेला बेचन यादव र छेदी ठाकुरको चट्याङ् लागेर मृत्यु भएको हो,’ भारतीले भने, ‘यस्तै ललितादेवी यादव खेतमा धान रोप्न जाँदा र केसी साह पनि खेतमा काम गर्न गएका बेला चट्याङ् लागेर मृत्यु भएको हो । रातो पाटी 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया