Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कार दुर्घटनामा पत्रकार,मोडल कृष्णबाबु पाण्डेको मृ'त्यु

   
441   पटक पढिएको

बुटवल । सवारी दुर्घटनामा परी रुपन्देहीका पत्रकार कृष्ण बाबु पाण्डेले ज्यान गुमाएका छन् । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभर टोलमा मध्यराती भएको सवारी दुर्घटनामा परी न्यूज २४ का रिपोटर कृष्ण बाबुले ज्यान गुमाएका हुन् ।

मध्यराती बुटवलदेखि आफ्नो घर ड्राइभरटोलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको गाडी दुर्घटनामा परी घाईते कृष्ण बाबुलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । ३० वर्षिय कृष्णबाबुको उपचारकै क्रममा शनिबार राती करिब १ बजे अस्पतालमा ज्यान गएको हो । सडक किरानाको फलामे बारमा एक्कासी ठोक्कीन पुग्दा दुर्घटना भएको थियो । पोष्ठमार्टमका लागि शवलाई अहिले लुम्बिनी प्रादेशीक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

विगत एक दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रमा आवद्ध कृष्ण बाबु कलाकारसमेत हुन् । न्यूज २४ को रिपोटर पाण्डे पावर न्यूज नेपालका सञ्चालक पनि रहेका थिए । श्रोत ग्लोबल न्युज

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया