Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

उपमेयर ठाकुर कुमार बिक (किशोर)को दोश्रो पटकको कोरोना रिपोर्ट पनि आयो नेगेटिभ

   
127   पटक पढिएको

कमला थापा ,सन्धिखर्क।
असार १५ ,अर्घाखाँचीबुलेटिन - सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार बिक (किशोर)को दोश्रो पटक गरिएको कोरोना स्वास्थ्य परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

उपमेयर बिकले आफुलाई कोरोनाको पोजेटिभ देखिएको १० दिनमै कोरोना भाइरसलाइ जितेका थिए। उनलाइ कोरोना लागे पछिको पहिलो पटकको स्वास्थ्य परिक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो तर पुन एक पटक स्वास्थ्य परिक्षण गर्नु पर्ने चिकित्सकहरुको सल्लाह सुझाब पछि यही आषाढ ९ गते नमुना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाइएको थियो।

उक्त नमुना संकलन आषाढ १४ गते आइतवारको दिन नेगेटिभ आएको हो। उपमेयर बिकले कोरोना भाइरस बाट संक्रमित भएपछि आफु सार्वजनिक भएर उनको स्वास्थ्यको चिन्ता चासोका साथ् आवश्यक उपचारको प्रबन्ध आश्वाशन दिई आत्मविश्वास पैसा गरिदिनुहुने उनका विशिष्ट ब्याक्तिहरु ,स्वास्थ्य लाभको कामना गर्नुहुने संघीय सरकारका मंत्री निवर्तमान सभामुख ,पुर्व सभामुख ,पुर्वउपप्राधन्मंत्री ,पुर्व मंत्री तथा संघीय साँसदहरु ,प्रदेश सरकारका सामाजिक बिकास मंत्री माननीय सुदर्शन बराल ,जिल्ला बाट निर्वाचित प्रदेश सभाका माननीय सदस्यहरु राजनीतिक दलका सबै तहाका नेता कार्यकर्ता शुभचिन्तक ,समर्थक स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधिहरु जिल्ला स्थित जिल्ला प्रशासन लगयातका कार्यालय प्रमुख हरु राष्ट्रसेवक कर्मचारीहरु ,सुरक्षा निकायका प्रमुखहरु ,संघ प्रदेश र जिल्ला अस्पतालका बिभिन्न क्षेत्रका चिकित्सकहरु तथा स्वास्थ्यकर्मीहरु पत्रकार ,बिभिन्न संघ संस्थाका प्रबृद्व ब्याक्तिहरु देश तथा विदेश बाट फोन ,म्यासेज र सामाजिक संजाल बाट स्वास्थ्य लाभको कामना गर्ने सबैमा हृदय देखि हार्दिक आभार तथा कृतज्ञाता प्रकट गर्नुभएको छ।

बिक भारतका बिभिन्न स्थान बाट जिल्लामा आउने जिल्लावासीहरुको सेवामा दिनरात नभनि अनवरत रुपमा खटि रहंदा कोरोना भाइरस बाट संक्रमण हुन् पुगेका थिए तर खुसीको कुरा उनको दोश्रो पटकको कोरोना स्वास्थ्य रिपोर्ट पनि नेगेटिभ आएको।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया