Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीमा थप ३७ जनामा कोरोना संक्रमण

   
151   पटक पढिएको

प्रेम नारायण आचार्य ,सन्धिखर्क।
असार १५ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँचीमा सोमबार ३७ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र चितवनस्थित भरतपुर अस्पताल प्रयोगशालाको परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले जानकारी दिए ।

संक्रमण हुनेमा भूमिकास्थान नगरपालिकाका २३ जना, शितगंगा नगरपालिका ११ जना, सन्धिखर्क नगरपालिका ३ जना रहेका छन् । योसँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३ सय चार पुगेको छ । हालसम्म ५० जना निको भएर घर फर्किएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया