Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीमा खानेपानी तथा सरसफाइ डिभिजन साईट कार्यालयद्वारा अनुगमन निरिक्षणलाई तिब्रता

   
81   पटक पढिएको

सुर्य भुसाल ,सन्धिखर्क।
असार १६ ,अर्घाखाँचीबुलेटिन - खानेपानी तथा सरसफाइ डिभिजन साईट कार्यलय अर्घाखाँची ले अनुगमन निरिक्षण लाई तिब्र बनाएको छ ।

अर्घाखाँची जिल्ला का अधिकाम्स ठाउमा रहेका साना ठुला योजनाहरुको काम दुर्त गतिमा अगाडि बढिरहेको र अनुगमन निरिक्षण योजना सम्पन्न भएका कामहरुको भुक्तानी का लागि सिफारिस गरिएको साईट कार्यलय अर्घाखाँची का ईन्चार्ज रामभरोस यादवले जानकारी दिनु भयो।

अर्घाखाँची जिल्लामा खानेपानी का कामहरु उपभोक्ता समिति मार्फत हुने गरेका छन गाउमा स्थानिय स्तरमा गठन हुने उपभोक्ता समिति मार्फत काम हुने हुदा काम निकै गुणस्तरीय हुने गरेको छ कार्यलयका कर्मचारी हरु रातदिन खटेर काम गरिरहेका छन थोरै जनसक्ति बाट धेरै काम गर्नुपर्ने भएको कारण बिहान ७ बजे देखि बेलुका १० बजे सम्म आफुहरु काममा ब्यस्त हुने गरेको साईट कार्यलय अर्घाखाँची का प्रमुख रामभरोस यादबको भनाइ छ यादबले भन्नु भयो लक डाउनका बेला पनि हामिले सरकार सग थप बजेट माग गरेर काम गराई रहेका छौ उपभोक्ता समिति हरुले गुणस्तरीय काम गरिराख्नु भएको छ।

दिउसो मा फिल्डमा पुग्छौं बिहान बेलुका अपिसेलि कागज पत्र प्रसासनिक काम गर्ने गर्छौ सबै कर्मचारी दिन रात नखटिएको भए यो सम्भब थिएन यादबको भनाइ छ ।

अर्घाखाँची मा यादब र बिदान अर्याल गरि दुईजना ईन्जिनियर खटिएका छन भने अरु प्राबिधिक पनि दिनरात खटिएका छन निकै जन्तामुखि काम गर्ने ईन्जिनियर हरु पाउदा काम गर्न आफुहरुलाई निकै सजिलो हुने गरेको छत्रदेव मा रहेको खानेपानी उपभोक्ता समिति का अध्यक्ष तारा श्रेष्ठले को भनाइ छ।

खानेपानी मा गुणस्तरीय काम गर्न सबै लाग्ने गर्छन डिभिजन खानेपानी तथा सरसफाइ कार्यलय पाल्पाले अर्घाखाँची हेर्ने गर्छ जस्को नेतृत्व सिबमान श्रेष्ठले गर्नु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया