Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कुसल स्वास्थ्यकर्मी देखि समाजसेवी हुँदै सफल कृषकको अनुपम उदाहरण बन्दै अर्घाका शिव प्रसाद खनाल

   
265   पटक पढिएको

बलराम रायमाझी ,सन्धिखर्क।
असार १९ ,अर्घाखाँचीबुलेटिन - सन्धिखर्क नगरपालिका वार्ड न.०९ अर्घा निबासी शिव प्रसाद खनाल नाउ भन्ने बित्तिकै नचिन्ने मानिसहरु सायद बिरलै होलान !बरु कसरी चिन्ने एक सफल स्वास्थ्यकर्मी?एक समाजसेवी??एक सफल उद्दमी वा सफल कृषक???

हुन पनि करिब २ दशक देखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आई रहेका उनी चौतर्फी उर्जावान युवा अन्तर्गत पर्दछ्न । उनले बिरामीलाई निको पार्ने काम देखि अर्घामा रहेका दर्जनौं सामाजिक सरोकारका निकायहरुमा प्रत्यक्षरुपमा सहभागी हुँदै आफ्नो कार्यकौसल देखाउदै आफुलाई अब्बल तुल्याएका छ्न।

उनले अर्घा खाडामा रहेको आफ्नै घरको सामिप्यतामा रहेको करिब ८/९ रोपनी जग्गामा बेमौसमी तरकारी खेती देखि मौसमी विविध प्रकारका तरकारी तथा बालिनाली उत्पादन तथा बिक्रीवितरण गर्दै आएका छ्न । झट्ट हेर्दा सानो क्षेत्रमा उनको कृषि योजनालाई हृदय गमन गर्दा यदि रहेछ भने स्वर्गमा पुगे सरि आनन्द आउने गर्दछ।

सुरुमा २०० प्रती बोईलर कुखुरा पालन देखि आफुलाई कृषि कार्यमा समाहित गरेका खनालले ५०० हुँदै १००० को संख्या सम्म कुखुरा पालन गरेका थिए!सोही शिलशिलामा उनले सयौको संख्यामा लोकल कुखुरा पालन गरि बिक्री बितरण गरेको कुरा समेत जोकोहिलाई सर्बबिबिदै छ!अहिले खनालको घरमा पुग्दा बेमौसमी तरकारी अन्तर्गत फुलगोवी,बन्दा,काउली,सिमि,बोडी,काक्रो,गोलभेडा लगायत दर्जनौ खेती गरेर आफुलाई अर्घामा उदाहरणिय ब्यक्तिको रुपमा स्थापित बनाएका छ्न।

हरेक सामाजिक सरोकारका सन्धर्बको सापेक्षतामा जहाँ कहि उपस्थित हुने खनालको यो कार्य प्रती हरकोही मानिस लालाहित हुने गर्दछ्न!उनले निकट भबिस्यमा भैसिपालन मार्फत अर्घाको बजार मागलाई पूरा गर्दै बजार मुखी दुग्द उत्पादन तथा बिक्रीवितरणको साथै थप बेमौसमी तरकारी खेती प्रचुर मात्रामा लगाई बजारिकरणलाई ब्यापक्ता बनाउने बताए।

अझ रोचक कुरा त उनी एक मासु बिक्रेता पनि हुन है!यदि उनले खसी,बोका नकाट्ने हो भने सायद कसैको घरमा मासु महिनौ पाक्दैन कि भन्ने लाग्दछ!यसको सप्रमाण अर्घाका अधिकाम्स ठाउहरुमा पुग्नु भो भने खनाललाई सोध्नु पर्छ भन्ने जवाफ आउँछ!यसको अर्थ उनी सबै कुरामा अब्बल छ्न भन्ने जनाउछ!खनालको यो कार्य प्रती उच्च सम्मान गर्दै सबैले अनुसरण गर्दा स्वभाबिकैले काम प्रतिको मोह,आत्मनिर्भर र मुद्रा आर्जनमा पक्कै टेवा पुग्ने छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया