Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाल रेडक्रस सोसाइटी छत्रगंज उपशाखाले प्राथमिक स्वास्थ्य तालिम दिँदै

   
35   पटक पढिएको

दिपेन्द्र श्रेष्ठ ,छत्रदेव।
असार २०,अर्घाखाँचीबुलेटिन - कोरोना भाइरस (कोभिड १९ )का कारण मुलुक नै आक्रान्त बनिरहेका बेला कोरोना भाइरस बाट बढ्ने जोखिम न्यूनीकरणका लागि छत्रदेव गाउँपालिका मुख्यमन्त्री ग्रामिण बिकाश कार्यक्रमको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी छत्रगंज उपशाखाले २ दिने प्राथमिक स्वास्थ्य तालिम आयोजना गरेको छ । २ दिन सम्म चल्ने प्राथमिक स्वास्थ्य तालिम शुक्रबार बिहान सामाजिक दुरी सहितको औपचारिक कार्यक्रमका बीच उदघाटन भएको हो ।

छत्रदेव गाउँपालिका को बहुउद्देश्यीय सभाहलमा हुने प्राथमिक स्वास्थ्य तालिमको उद्घाटन समारोह  राष्ट्रिय गान हुदै रेडक्रस सोसाइटीका सस्थापक हेनरी डुयुनाको तस्बिरमा माल्यामपर्ण गर्दै  शुभारम्भ भएको कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका जिल्ला उप सभापति तथा छत्रगंज उपशाखाका सभापति कैलाश कुमार श्रेष्ठको सभापतित्व , अर्घाखाँची जिल्ला समुन्य समितिका प्रमुख तथा मुख्यमन्त्री ग्रामिण बिकाश कार्यक्रमका जिल्ला अनुगमन समितिका संयोजक पितम्बर शर्मा भुसालको प्रमुख आतिथ्यता, छत्रदेव गाउँपालिका का अध्यक्ष लेखनाथ पोख्रेल पालिकाका उपाध्यक्ष तुल्सिदेबी श्रेष्ठ छत्रदेव गाउँपालिका प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुसाल लगाएतको विशिष्ट आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाका उप सभापति प्रमुख प्रशिक्षक कृष्ण भण्डारीको बिशेष आथित्यताका बीच कार्यक्रमको उदघाटन भएको हो ।

 कार्यक्रममा प्रमुख प्रशिक्षक नेपाल रेडक्रस सोसाइटी गुल्मीका उपसभापती कृष्ण भण्डारी , छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल उपाध्यक्ष तुल्सादेबी श्रेष्ठ, छत्रदेव गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुसाल ,जिल्ला समुन्य समितिका प्रमुख पितन्बर शर्मा भुसाल लगाएतले ले मन्तव्य राख्नु भएको थियो।कार्यक्रमको सन्चालन कृष्ण खत्री र स्वागत मन्तब्य नेपाल रेडक्रस सोसाइटी छत्रगन्ज उपशाखाका उपसभापति प्रकाश ज्ञवालीले राख्नुभएको थियो ।

छत्रदेव गाउँपालिका का ८ वटा वडाबाट तालिम लिन आएका प्रशिक्षार्थी, जनप्रतिनिधि ,रेडक्रस उप शाखा छ्त्रगंजका कार्यसमिति, जिल्ला बाट तालिम दिन आएका प्रशिक्षकहरु ,स्वास्थ्य क्षेत्रका कर्मचारी ,पत्रकार ,समाजसेबी हरुको आतिथ्यता रहेको तालिमको उद्घाटन समारोहमा मन्तब्य राख्दै छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले नेपाल रेडक्रस सोसाइटी छ्त्रगंज उपशाखाका पदाधिकारीकारिहरुले बिगतका दिनदेखि बर्तमान समयसम्म छत्रदेव गाउँपालिकासित सहकार्य गरि कोरोना भाइरस लगाएत हरेक बिपत न्यूनीकरण र परोपकारीकामहरुमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नु भयो ।

उदघाटन समारोहमा बोल्दै उप शाखाका सभापति कैलाश कुमार श्रेष्ठले उक्त कार्यक्रम आयोजना गर्न सहयोग पुर्याउने छत्रदेव गाउँपालिका प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै उक्त प्रशिक्षणबाट सिकेका कुराहरुलाई तालिममा सहभागी सबै वडाका प्रतिनिधिहरुले तालिम पश्चात आ आफ्नो छरछिमेकका सबैलाई सिकाइ ब्याबहारमा समेत उतार्नु पर्नेमा जोड दिनुभयो।

छत्रदेव गाउँपालिका का ८ वटा वडा बाट २० जनाको सहभागिता रहने दुई दिने प्रशिक्षण कार्यक्रममा कोभिडको संक्रमण ,रोकथाम नियन्त्रण र ब्याबस्थापन ,प्राथमिक उपचार सेवा ,नैतिकता ,सदाचार ,निष्ठा ,महामारी र विपदमा मनोसामाजिक सहयोग लगायतका बिषयमा तालिमप्राप्त प्रशिक्षकहरुबाट प्रशिक्षण दिइने र तालिम शनिबार दिउसो समापन हुने बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया