Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पहिरोले बाटो अवरुद्ध भएको २० दिन हुँदा पनि खुलेन बाटो स्थानीय सरकार प्रति जनता आक्रोसित

   
207   पटक पढिएको

माधव पौडेल ,अर्घाखाँची ।
आषाढ २० ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्ला को पाणिनी गाउँपालिका को पोखराथोक देखि सिम्ले हुँदै पाल्पा जोडिने मोटरबाटो पहिरो को कारण अवरुद्ध भएपछि जनता लाई सास्ती भएको छ ।

बाटो अवरुद्ध भएको २० दिन पूरा हुँदा पनि बाटो खोलिएको छैन जसको कारण गाउँमा बिरामी भएर उपचार गर्न को लागि हस्पिटल लैजान पनि एम्बुलेन्स चल्ले बाटो पनि छैन मानिसहरू हिँड्न को लागि पनि जोखिम रहेको छ ।

स्थानीय सरकार यतिका दिन सम्म के हेरेर बसिरहेको छ ? एउटा गाडी छिर्ने बाटो बनाउन यतिका दिन लाग्छ भने सोच्नुस् अन्य योजना मा कति समय लगाउँछ स्थानीय सरकार ? डोजर आउँछ। आउँछ भनेको एक साता भयो तर अजै आएको छैन ।

आखिर घरघर मा सिंहदरबार भनेको सायद यही त होइन बिरामी पर्दा डोकामा बोकेर हस्पिटल लैजान पर्ने जनप्रतिनिधि ज्यू हरु कैले खोल्नुहुन्छ बाटो ? जनतालाई जवाफ दिनुहोस् र चाडो भन्दा चाडो बाटो खुलाउनु होस् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया