Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नगर उपप्रमुख तथा अनुगमन समितिका संयाेजक वि.क द्वारा याेजना अनुगमनलाई तिव्रता

   
134   पटक पढिएको

बसन्त कुमार बि.क ,असार २०। सन्धिखर्क नगरपालिका का उपप्रमुख तथा याेजना अनुगमन समितिका संयाेज ठाकुर कुमार वि.क ले नगरभित्रका याेजना अनुगमनमा तिव्रता दिनु भएकाे छ ।

उहाले विशेष त टेन्डर प्रकृयावाट काम संचालन भएका ठुला याेजना मा मनपरि ढंगले काम हुन सक्ने भन्दै ठुला याेजनाहरु अनुगमनलाई विशेष जाेड दिनु भएकाे छ । साेहि क्रममा आज अर्घा भगवती मन्दिर काे गेट र बाल लगाउने कार्य र धारापानि मैदान लिफ्ट खानेपानी सहित वार्ड नं ९ मा संचालन भएका सबै खाले याेजनाकाे अनुगम गर्दै गुणस्तरहिन सामाग्रि प्रयाेग भएकाे देखिइए मा आफै एक्सन लिएर अगाडि बढ्ने पनि गर्नु भएकाे छ ।

असार मसान्त नजिकै आएकाे वेला काम छिटाे छरिदाे गर्ने र बिल पेश गरि भुक्तानि प्राप्त गर्छु भन्ने मनासय भएमा जाे काेहिलाई पनि नछाड्ने र कमशल खालकाे सामाग्रि भेटिएमा भुक्तानी समेत राेक्न सकिने बताउनु भएकाे छ । याेजना अनुगमनमा वार्ड अध्यक्ष देवि वहादुर रायमाझी,प्राविधिक प्रमुख प्रमाेद ज्ञवालि र सव ओभरसिएर प्रेम खनालकाे समेत उपस्थिति रहेकाे थियाे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया