Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मालारानी -७ मा पि सि आर रिपोर्ट पोजेटिभका कोरोना संक्रमित धमाधम घर फर्किए : सिङ्गो गाउँ नै जोखिममा पर्ने आकलन

   
226   पटक पढिएको

बिजय खनाल,मालारानी।
असार - २० अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको वाड नं - ७ को जनता आधारभुत बिघालयको क्वारेन्टाइनमा रहेका ७ जना कोरोना संक्रमित केन्द्र सरकारको निर्णय भन्दै एका एक घर फर्किएका छन भने वैद्यनाथ मा. वि मा रहेका ४ जना भने यो समाचार तयार गर्दासम्म घर फर्किने तयारीमा जुटेका छन । यसरी घमाधम कोरोना संक्रमित सबैले कोरोना परिक्षणको दोस्रो पि सि आर रिपोर्ट नपर्खी घर फर्किएकोले सिङ्गो गाउँ टोल नै ठुलो दुर्घटनामा फस्ने आकलन गरिएको छ ।

यसरी सत्य तत्थय बुज्न खोज्दा केन्द्र सरकारको निर्णय अनुसार विदेश स्थित साउदी अरबबाट नेगेटिभ पि सि आर रिपोर्ट सहित आफ्नो गृह स्थान मालारानी -७ मा फर्किएका एक युवा सिधै होम क्वारेन्टाइनमा गएपछि यो भयावह स्थिति आएको हो भने केहि दिन आगाडी मात्रै विदेशबाट पि सि आर रिपोर्ट लिएर आएकाहरुलाइ होम क्वारेन्टाइनमा पठाइने निर्णय केन्द्र सरकारले गरेको छ।

यसरी विदेशबाट फर्किएका व्याक्तीहरु घरमा गएपछि उनिहरुको यात्रा र यात्रा अवदी बिचको ठाँउ ठाँउको जनसम्पर्कको वेवास्ता गरि वडा कार्यालयको निर्देशन विपरीत घरमा लगिएपछी क्वारेन्टाइनमा रहेकाहरु पनि कसैलाई काखा कसैलाई पाखा गरेको आफुहरुलाई क्वारेन्टाइनमा गरिएको बेवास्ता र असुविधाले अब होम क्वारेन्टाइनमा बस्ने भन्दै आफुखुशी घर फर्किएको नेकपा पुर्व जिल्ला सचिव तथा स्थानीय समाजसेवी दल बहादुर भट्टराईले जानकारी दिनुभएको छ।

उता विदेशबाट फर्किएका एक युवालाई क्वारेन्टाइनमा पठाउने निर्देशन दिइएको भएपनी कार्यान्वयन नभएको र आफू खुशी होम क्वारेन्टाइनमा राखिएकोले समग्र मालारानी ७ नै उच्च जोखिममा परेकोले सबैलाई सचेत रहन अनुरोध गर्दै मालारानी ७ का कार्यवाहक वडा अध्यक्ष जीत बहादुर खड्काले जानकारी गराउनुभएको छ ।

स्थानीय निकाय केन्द्रिय सरकारको मुखदर्शक बनेको र स्थानीय स्वायत्त अधिकार प्रयोग गर्न नसकेकोले वडाले आफ्नो कमजोरी र लापरबाही सुरुवात देखी नै ढाकछोप गरिरहेकोे भन्दै स्थानीय युवा र बुद्धिजिविहरु सामाजिक संजाल र प्रत्यक्ष विरोधमा उत्रिएका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया