Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मालारानी गाउँपालिकाको कोराना कोषमा आर्थिक सहयोग

   
153   पटक पढिएको

मधुसुधन पाण्डे/दिपेन्द्र खत्री।
असार २१ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालीकाकाे कोरोना व्यवस्थापन कोषमा शिव प्रगतिशिल महिला कृषि सहकारी संस्थाले आर्थिक सहयाेग गरेकाे छ।

शिव प्रगतिशिल महिला कृषि सहकारी संस्था मालारानीकि अध्यक्ष शरस्वता पाण्डे तथा संस्था कि सचिव यमुना भुसाल मार्फत उक्त व्यवस्थापन कोषमा काेषमा रु. ५०,०००/- (अक्षेरुपी पचास हजार मात्र ) आर्थिक सहयोग गरिएको हो ।सहयोग रकम गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्य,उपाध्यक्ष प्रमिला क्षेत्री लगायत गाउँपालिकाका कर्मचारीको उपस्थितिमा हस्तान्तरण गरिएको हो

वि स २०६५ मा स्थापना भएको सहकारीले स्थापना पछी सहकारीभित्रका सेयर सदस्यहरुलाई मात्र नभई सम्पुण महिलाको अधिकार तथा हकहितकाे लागि काम गरिरहेकाे संस्थाकि सचिव यमुना भुसालले जानकारी दिईन।मालारानी गाउँपालिकाको कोराना कोषमा विभिन्न संस्था तथा व्याक्तिहरुले आर्थिक सहयोग गरिरहेको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले जानकारी दिनुभयो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया