Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सनपा ४ हटियामा गरिव,विपन्न परिवारहरुको आय आर्जनमा टेवा पुर्‍याउने उद्देश्यले बाख्राहरु वितरण

   
139   पटक पढिएको

सुर्य भुसाल,असार २१। सन्धिखर्क नगरपालिका वडा नं.-४ हटिया मा गरिब संग विश्वेश्वर कार्यक्रम अन्तरगत गरिव,विपन्न परिवारहरुको आय आर्जनमा टेवा पुर्‍याउने उद्देश्यले आ.ब.०७६/०७७ मा विनियोजन बजेट रु.२,५०,००० को कार्यक्रम बाट स्थानीय जातका बाख्राहरु वितरण गरिएको छ ।

कार्यक्रममा स्थानीय जात २४ वटा बाख्रा कृषकहरूको लागि वितरण गरि वितरण कार्यक्रम संगै मानिस र बाख्राको समेत विमा गरिएको थियोे।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल, उप-मेयर ठाकुर कुमार वि.क. , स.न.पा.-४ का वडा अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, वडाका वडा सदस्यहरु हुमलाल श्रेष्ठ , उमेश अधिकारी , वडा सचिव संगिता घिमिरे ,गरिब सँग विश्वेश्वर कार्यक्रमका अर्घाखाँची संयोजक कल्पना नेपाली र गरिव संग विश्वेश्वर कार्यक्रम वडा संयोजक सुसिला बस्नेत , सामाजिक परिचालिका माया भुसाल, लगाएत कृषकहरू को समेत उपस्थितिमा कार्यक्रम संपन्न भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया