Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

शीतगंगामा दूध उत्पादन गर्ने किसानलाई अनुदान, कृषि उद्यमबाटै गाउँलाई स्वरोजगार बनाउँछु : नगर प्रमुख अधिकारी

   
155   पटक पढिएको

सचिन बोहोरा,ठाडा।
असार २१ ,अर्घाखाँचीबुलेटिन -अर्घाखाँची शीतगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीले कृषिकर्मबाट नगरवासीलाई स्वरोजगार बनाउन उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिएको बताए ।

किसानले उत्पादन गरेको आधारमा अनुदान दिइएको उनले बताए । पशुपालनमा राम्रो संभावना भएकोले सबै कृषकलाई गाई भैसी पाल्न लगाएर दूध उत्पादन गरेर स्वरोजगार बनाउने काम भैरहेको अधिकारीले बताए । अहिले उत्पादन भएको दूध शीतगंगाको बजारमै खपत भएको छ । अब कपिलवस्तुका बजारमा पठाउने गरी उत्पादनलाई वृद्धि गर्ने योजना उनले सुनाए ।

नगरको वडा १२ का २५ जना दूध उत्पादन गर्ने किसानलाई अनुदान दिइयो । २५ जना किसानलाइ प्रतिलिटर २ रुपैयाको दरले ३७ हजार लिटर दुधको अनुदान रकम दिइएको छ । वडा कार्यालयले स्थानीय शीतगंगा दूग्ध विकास बिmक्री वितरण सहकारीसित सहकार्य गरेर सहकारी मार्फत कृषकलाई नगरले अनुदान उपलब्ध गराएको छ ।

वडा १२ को रजियामा दूध संकलन गरिन्छ । दैनिक १ सय ३० लिटर संकलन हुन्छ । सहकारीबाट ठाडा, अमराई, चक्ला लगायतका बजारमा दूध बिक्री हुन्छ । सबै किसानलाई सहकारीमा आवद्ध बनाएर अनुदान दिइने वडाअध्यक्ष बाबुराम गैरेले बताए । यसबाट दूध उत्पादनमा वृद्धि भएको उनले बताए । उत्पादनका आधारमा अनुदान पाएपछि कृषकमा खुसीयाली छाएको छ । किसान दूध उत्पादन बढाउने दौडमा छन् । यस वर्ष २५ जना किसानको भकारो सुधार पनि गरिएको गैरेले बताए । दूध उत्पादन गर्ने किसान धेरै छन् । सबैलाई सहकारीमा आबद्ध गराएर थप अनुदान दिइने उनले बताए ।

रजियाकी नुमकला पोखरेलले दैनिक १८ लिटर दूध रजियाका संकलन केन्द्रमा बिक्री गर्छिन । विहीबार नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीको हातबाट अनुदान पाएपछि उनी हर्षित भइन । जति धेरै उत्पादन गरो त्यति धेरै पैसा पाइने भएपछि आगामी दिनमा दूध धेरै उत्पादन गर्ने बताइन । मैले अब धेरै गाइभैसी पालेर दूध बेच्छु, उनले भनिन ।

पिरापानीका राजु श्रेष्ठले दैनिक ४ लिटर दूध बेच्छन् । रजियाका चन्द्रमणि पौडेलले १२ लिटर दूध बेच्छन् । उनले दुई वटा जर्सी गाई पालेका छन् । पौडेल र श्रेष्ठ सहित सबै कृषक अनुदान पाएपछि उत्साहित भएका छन् । सहकारी मार्फत रजियामा संकलन केन्द्र छ ।

१ सय ३० लिटर दैनिक दूध संकलन गरी बजार पठाउने व्यवस्था केन्द्रका अध्यक्ष बोमप्रसाद पोखरेलले गर्छन् । सहकारीका अध्यक्ष कमलप्रसाद आचार्यले धेरै कृषकले गाइभैसी पालेर दूध बेच्न पाएपछि घरखर्च राम्ररी चलेपछि ढंग छन् । सबैलाई सहकारीमा आवद्ध बनाएर दूध उत्पादन केन्द्रको रुपमा गाउलाई बनाउने गरी नगरपालिकासित सहकार्य गरेर काम भैरहेको उनले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया