Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सुपादेउराली एग्रिकल्चर रिसर्च एण्ड सिड प्रा.लि.काे उद्घाटन

   
130   पटक पढिएको

हिम लेकाली ,असार २२। सन्धिखर्क नगरपालिका वडा नं.१ का वडा अध्यक्ष युवराज बन्जाडे ले प्रा.ली काे उद्घाटन गर्दै कृषि क्षेत्रकाे सम्बृधिकाे लागि संस्था काे स्थापना महत्त्वपूर्ण भएकाे बताउनु भयाे । उहाँले संस्थाले कृषि सामग्री काे बिक्री मात्र नभए र किसान लाई प्राबिधिक सीप र ज्ञान दियर आयआर्जन मा समेत टेवा पुर्याउन सकाेस् भन्दै सुभेच्छा प्रकट गर्नु भयाे ।

यस प्रा.ली .बाट किसानकाे लागि आवश्यक पर्ने कृषि सामाग्री ,किटनाशक राेग नाशक औषधी ,गाई भैसिकाे दाना ,बीउपल ,पशु भिटामिन प्राप्त हुने प्रा लि का प्रबन्धक , नयाँ नेपाल एग्राे भेट का प्राेपाईटर युवराज पाैडेलले बताउनु भयाे । साथै आगामि दिनमा प्रा.लि .ले प्रजनन बीउ ,मुल बीउ ,हाईब्रेड बीउ उत्पादनमा समेत काम गर्ने बताउनु भयाे । उहाँले किसानकाे माग भएमा गाई भैंसी काे दाना समेत घर घरमा पुर्याइ दिने प्रतिबद्धता ब्यक्त गर्नु भयाे।

कम्पनीका सचिव अर्घाखाँचीका उत्कृष्ट किसान गणेश बन्जाडेले जिल्लामा उत्पादित अन्न बाली र तरकारि का बिउपल कृषक बाट खरिदि जिल्ला का हरेक किसानलाई बिक्री बितरण गरेकाे बताउनु भयाे ।

उहाँले आगामि दिनमा कम्पनीकाे विकास का लागि सबै बाट साथ सहयाेगकाे अपेक्षा राखेकाे बताउनु भयाे ।कार्यक्रममा कृषि ज्ञान केन्द्र का महेन्द्र कुमार ओझा ,बरिष्ट कृषक पुष्कर बन्जाडे , कम्पनिका ब्यबस्थापक भूपनारायण चुदाँली , समाजसेवी नारायण बि.सि, पत्रकार महासंघ प्रदेश सदस्य साेभाखर पन्थी ,पत्रकार अनिल नेपाली लगायतकाे उपस्थिती रहेकाे थियाे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया