Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

वडा स्तरीय योजना तर्जुमा तथा कार्यशाला गोष्ठी मालारानी ६ मा सम्पन्न

   
121   पटक पढिएको

सुर्य भुसाल ,असार २२। प्रथम आवधिक गाउँपालिका विकास योजना २०७७/०७८ देखी २०८०/०८१ वडा स्तरीय योजना तर्जुमा तथा कार्यशाला गोष्ठी मालारानी गा.पा.वडा न. ६ मा सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी सामाजिक विकास केन्द्रले प्राविधिक सहयोग गरेको छ ।

जसमा सामाजिक आर्थिक विज्ञ इन्द्रमनि पौडेल र संस्थागत विकास विज्ञ कृष्णप्रसाद पौडेलले सहजीकरण गर्नु भएको थियो । कर्यक्रम वडा अध्यक्ष नारायण प्रसाद अर्यालको अध्यक्षता, प्रमुख अतिथि मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य साथै उपाध्यक्ष प्रमिला क्षेत्रि र सन्चालक चन्द्र पान्डेले गरेका थिए भने कार्यक्रममा २६ जनाको उपस्तिथि रहेको थियो जसमा ६ वटा बिशयगत समिती बनाएर योजना माथि व्यापक छलफल गरेका थिए ।

विषयगत समितिहरु क्रमस : १)आर्थिक विकास समिती २) सामाजिक विकास समिति ३)भौतिक पुर्बाधार विकास समिति ४) वातावरण समिति ५)संस्थागत विकास समिति ६) प्रोफाइल तयारी समिति ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया