Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भुमिकास्थानका नगरप्रमुख तथा आर्युबेद चिकित्सक आइसुलेशनमा

   
160   पटक पढिएको

अशोक खनाल ,असार२३। भुमिकास्थान नगरपालिका वडा न.४ शान्ती माबी. वडा न. ३ अन्नपूर्ण माबी ,र वडा न.१ बिश्व माबी. ढाकाबाङ स्थित आइसुलेशन स्थलहरु मा नगर प्रमुख र आर्युबेद चिकित्सक हरु पुगेका छन।

सामाजिक बिकाश मन्त्रालय प्रदेश न. ५ बुटवलको निर्देशन अनुसार आर्युबेद चिकित्सक पद्धति द्वारा कोरोना भाइरस ( कोबिड १९) नियन्त्रण तथा ब्याबस्थापनको बिषयमा जारी गरिएको श्रोत सामाग्री २०७७ बमोजिम दोस्रो चरणको अभियान अन्तरगत जिल्लाको भुमिकास्थान नगरपालिका माथी उल्लेखित विभिन्न आइसोलेशन स्थलमा पुगि विभिन्न किसिमका आर्युबेद औषधि हरु गुड्की चुर्ण , आमलकी चुर्ण ,आश्वगन्धा चुर्ण , यस्टीमधु त्रिकटु चुर्ण लगायत आर्युबेदिक औंषधि हरु बितरण गरेको छ साथै आर्युबेद चिकित्सक हरु सगै पुगेको टिम नेपो ले साबुन, ब्रस, मन्जन, माक्स, ग्योलोब्स, र सेनिटाइजर लगायत का स्वास्थ सामाग्री हरु बितरण गर्नु का साथै मानसिक तनाब ब्याबस्थापन उचित आहार ब्याबहार ,सरसफाइ मा ध्यान दिनु पर्ने कुराको जानकारी गराउदै योगा, नृत्य, ध्यान लगायत का सेवा हरु समेत प्रदान गरिएको छ।

उक्त आइसोलेशन स्थलमा नगर प्रमुख रेशम थापा आर्युबेद स्वास्थ केन्द्र सन्धीखर्क का प्रमुख डा. अर्जुन राज शर्मा ,वडा न. ४ का वडा अध्यक्ष बाबुराम पन्थी सुनार, वडा न २ का अध्यक्ष बुद्धि बहादुर थापा , वडा न.१ अध्यक्ष भोजराज खनाल आर्युबेद स्वास्थ केन्द्र का सुचना अधिकारी कबिराज कमल प्रसाद आचार्य , वडा सचीव सपना शाही, समाजसेबि झबीलाल थापा, शिक्षा प्रेमी शुभाष बन्जाडे, टिम नेपो का अध्यक्ष निगम पौडेल स्थानीय जन प्रतिनिधिहरु , स्थानीय समाजसेवी तथा योग प्रशिक्षक अशोक खनाल लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया