Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

स्वर्गीय बुबाको सम्झनामा बिष्णु भुसाल अधिकारी द्वारा बिपन्न बर्गलाई खाध्यान्न सामाग्री हस्तान्तरण (तस्विर सहित )

   
212   पटक पढिएको

अशोक खनाल,सन्धिखर्क।
असार २३ ,अर्घाखाँचीबुलेटिन - लामो समय देखि कोबिड १९ बाट बिश्व आक्रान्त भइ रहेको र बिपन्न परिवार को दैनिकी झन पछि झन समस्या बन्दै गईरहेको भन्दै बिपन्न बर्गको लाई खाध्यान्न सामाग्री हस्तान्तरण गरिएको छ।

अर्घाखाँची जिल्ला सन्धीखर्क नगरपालिका वडा न.१० निबासी स्वर्गीय बुबा बासुदेब भुसाल कि छोरी हाल अमेरिका निबासी बिष्णु भुसाल अधिकारी ले आफ्नो स्वर्गीय बुबाको स्मरण गर्दै र आफ्नो बाल्यकाल माइतिघर को सम्झनामा आफ्नो माइतिघर आसपास मा रहेका निम्न बर्गिय बिपन्न घर परिबारको पहिचान गर्दै खाध्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको हो।

उंहाले करिब १० घर परिवार लाई आफ्नो भाइ गोबिन्द प्रसाद भुसाल मार्फत खाध्यन्न तथा जिन्सी सामाग्री हरु स्थानीय वडाकी महिला जन प्रतिनिधि चमकला भुसाल को रोहबरमा करिब ५० हजार बराबरको खाध्यान्न तथा जिन्सी हस्तान्तरण गर्नुभएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया