Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सन्धिखर्क गोरुसिङ्गे सडक बन्द हुने बारे जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको सूचना

   
323   पटक पढिएको

सन्धिखर्क ,असार २३। सडक डिभिजन कार्यालय सिवपुरको अनुरोध अनुसार जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सन्धिखर्क गोरुसिङ्गे सडक बन्द हुने बारे सुचना निकालेको छ।

आज जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्वपक्षिय बैठकको निर्णयअनुसार सन्धिखर्क गोरुसिङ्गे सडक अन्तर्गत सन्धिखर्क देखि घुम्ती सम्मको मोड र सुधार र सडक बिस्तार कार्यको लागि मिति २०७७ साल असार २५ गते देखि अर्को सुचना जारि नहुँदा सम्मको लागि बिहान ८ बजे देखि १२ बजे सम्म र दिउँसो २ बजे देखि साँझ ६ बजे सम्म सवारी साधन आवागमन बन्द हुने भएको छ।

बैठकले एम्बुलेन्स ,अति सिकस्त बिरामी सवारी साधन ,सुरक्षाकर्मी रहेको सवारी साधन दमकल ,शव वाहन र शुभ विहाहका गाडी ५ जना सम्मको लागि सडक सुचारु रहने व्यहोरा सुचित गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया