Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

स्वर्गीय बुवाआमाको सम्झनामा खनाल परिवार द्वरा बिधालयमा अक्षयकोष स्थापना

   
240   पटक पढिएको

माधव खनाल ,२५ अषाढ। अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा न १ साम्नेगाउँ निवासी स्वर्गीय गिरिराज खनाल र स्वर्गीय मिना खनालको सम्झनामा घरपरिवार द्वारा भुमिकास्थान नगरपालिका वडा न १ साम्नेगाउँ नयाँ पोखरामा रहेको बाल शिक्षा माध्यमिक बिधालयमा ६१०६६(एकसट्ठी हजार छ्यासठ्ठी )रकम बराबरको अक्षयकोष स्थापना गरेको स्वर्गीय खनालका जेठा छोरा तथा सोही बिधालयका प्रधानध्यापक युवराज खनालले बताउनुभयो।

साथै खनालले आफ्ना आमाबुबाले आफू जिवित रहि रहदा पनि बिधालयलाई सहयोग गर्नुपर्छ भनी भनेको र त्यही अनुरुप आफुहरुले उहाँहरुको चाहाना बमोजिम बिधालयमा अक्षयकोष स्थापना गरिएको बताउनुभयो त्यस्तै स्वर्गीय खनालका माइला छोरा दामोदर खनालले सोही बिधालयमा अध्यन गर्ने गरिव तथा जेहेन्दार बिद्यार्थी हरुलाइ सोही रकमबाट आउने ब्याज मार्फत छात्रवृत्ति बितरण गर्ने सहमति अनुरुप उक्त अक्षयकोष स्थापना गरिएको बताउनुभयो।

आफ्ना बुवाआमा जिवित नरहे पनि यश अक्षय कोषले उहाँहरुको मृत्त आत्मको चिरसान्तिको कामना गर्ने बताउनुभयो साथै उहाँका कान्छा छोरा हिमाल खनालले आफ्ना आमाबुवाको भौतिक शरीर हामिबिच नरहे पनि उहाँहरुको सम्झना मन मस्तिष्कमा राख्नको निमित्त उक्त अक्षय कोष स्थापना गरिएको बताउनुभयो स्वर्गीय गिरिराज खनालको २०५२ माघ १६ गते ६१ वर्षको उमेरमा र स्वर्गीय मिना खनालको २०७६ साउन ५ गते ६६ वर्षको उमेरमा निधन भएको थियो ।

स्वर्गीय आमा मिना खनालको बार्शिक पुण्य तिथि पारी सोही बिधालयका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष कासबहादुर गमाललाइ उक्त रकम परिवार द्वारा हस्तान्तरण गरिएको थियो स्वर्गीय गिरिराज र स्वर्गीय मिना खनालका ३ भाइ छोरा तीन वुहारी दुई बैनी छोरिहरु र नाति नातिना हुनुहुन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया