Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीका ५५ बर्षिय जिसीले गरे कतारमा झु'न्डिएर आ'त्मह'त्या

   
518   पटक पढिएको

कमला थापा ,सन्धिखर्क।
असार २६ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -८ गोलखाडाका ५५ बर्षीय हिरा बहादुर जिसीले झु'न्डिएर आ'त्मह'त्या गरेका छन्।

जिसीले कतारको सफिया खलिफा भन्ने ठाउँमा रहेको आफ्नो अपार्टमेन्टको कोठामा आफ्ना कोहि साथिहरु नभएको मौका छोपी ढोकाको चुक्कल लगाई झु'न्डिएर आ'त्मह'त्या गरेको शोभाखर पराजुलीले अर्घाखाँचीबुलेटिनलाइ जानकारी दिनुभएको छ।

मृतक हिरा बहादुर जिसी केहि महिना एता देखि घर फर्किन नपाएको कारणले तनाबमा रहेको उनका साथिहरुले बताएका छन्। जिसी आफुले आ'त्मह'त्या गर्नुको अघिल्लो दिन नेपालि राजदुतावास कतारमा गयर आफुलाइ छिट्टै घर फर्किने माहोल मिलाइदिन आग्रह गरेका थिए तर नेपाल एम्बेसीले उनलाई नेपाल फर्किन अझै लामो समय लाग्ने बताए पछि दु:खि हुँदै आफ्नो कोठामा फर्किएका थिए।

 बिडम्बना उनले ८ जुलाई बुधबार साँझ घर जान नपाएको भन्दै आफ्नो प्रा'ण त्या'ग गरेको खुल्न आएको छ।

हिरा बहादुरले आफ्ना साथिभाइहरुलाई बारम्बार कोरोनाको कारण घर फर्किननी नपाइने भयो ,प्लेन कहिले खुल्ने होलान लकडाउनले सारै मानसिक तनाब बनायो घर जान पाइन् त् पाइन् भन्ने गरेको र साथै बिमानको टिकट मिले ५ सय रियल बढी दिन पनि तयार छु भन्ने कुरा आफुहरुलाई बताउने गरेको उनीहरु बताउछन।

जिसी १०/१२ बर्ष यता देखि रोजगारीको शिलशिलामा कतारको एक जुस कम्पनीमा कार्यरत रहेका थिए। अहिले उनको शवलाइ पोस्टमार्टमका लागि हामाद अस्पातलमा राखिएको छ।

मृतक जिसीको शवलाइ कतारको कानुनि प्रक्रिया पुरा गरि नेपालि राजदुतावास कतारको सहायतामा नेपाल पठाउने तयारि रहेको खबर प्राप्त भएको छ।

पछिल्लो ३ दिनमा अर्घाखाँचीका ३ जनाले आ'त्मह'त्या गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया