Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीको शितगंगामा माछा मार्ने क्रममा करेण्ट लागेर बालकको मृत्यु

   
196   पटक पढिएको

अर्घाखाँची ,असार २९। शितगंगा नगरपालिका वार्ड नम्बर ९ सिद्धाराको थारगट स्थित रङसिङ खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक बालकको मृत्‍यु भएको छ ।

सिद्धाराको थारगटका छविलाल पुनका १२ वर्षिय छोराको आफ्नै घर नजिकको रङसिङ खोलामा विधुतको मेन तारमा तार अडकाई माछा मार्ने क्रममा करेन्ट लागेर मृत्‍यु भएको हो ।

बालकले आइतवार साँझ ७ः३० बजे तिर रङसिङ खोलामा विधुतको मेन तारमा तार अडकाई माछा मार्ने क्रममा उक्त घटना भएको शितगंगा गरपालिका ९ का अध्यक्ष भिम के.सीले जानकारी दिनुभयो । घटनाको यथार्थ बारे प्रहरीले अनुसन्धान गर्दै रहेको बताइएको छ।श्रोत :- शितगंगा सन्देश

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया