Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सुनको मूल्य बढ्यो, तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार

   
293   पटक पढिएको

काठमाण्डौ - साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन भने तोलामा ९२ हजार ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ । चाँदी शुक्रबार तोलामा ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया