Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

लकडाउन खुलेसँगै सुरु भयो जाम

   
146   पटक पढिएको

काठमाडौं । एक सय दुई दिन लामो लकडाउन अन्त्य भएसँगै बुधबार बिहानदेखि काठमाडौं उपत्यकामा सवारी साधनहरुको लामो जाम सुरु भएको छ ।

लकडाउन अवधिभर काठमाडौंका सडक खुला र शान्त थिए । ट्राफिक प्रहरीहरु पनि फुर्सदिला देखिन्थे । मंगलबार मध्यरातिदेखि सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि काठमाडौं सवारी जाम, भिडभाडको पुरानै परिचयमा फर्किएको छ ।

काठमाडौंका सडकमा निजी तथा सार्वजनिक सवारी साधनहरु बाक्लो संख्यामा देखिएका छन् । तिनको व्यवस्थापनमा ट्राफिक प्रहरी व्यस्त छन् ।

त्यसो त सरकारले लकडाउन खुकुलो बनाएदेखि नै काठमाडौंका सडकमा सवारी साधनहरु बढी नै देखिन्थे । भिडभाड बढेपछि सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको थियो ।

तर मंगलबार मध्यरातिदेखि लकडाउन पनि अन्त्य र जोरबिजोर पनि खारेज भएपछि सडकमा सवारी साधनको लामो ताँती देखिएको छ ।अनलाइन खबर बाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया